इमर्जिङ्ग नेपालको शेयर नेप्सेमा सूचीकृत, ओपनिङ्ग रेन्ज कति?
सारांश
- इमर्जिङ्ग नेपाल लिमिटेड (ENL) को साधारण शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।
- शुक्रबार कम्पनीको ५५ लाख ५६ हजार कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।
- सर्वसाधारणमा वितरण गरिएको ५ लाख ५५ हजार ६०० कित्ता र कम्पनीका संस्थापकहरुले लागनी गरेको ५० लाख ४०० कित्ता शेयर गरी सो बराबरको शेयर नेप्सेमा सूचीकृत भएको हो ।
इमर्जिङ्ग नेपाल लिमिटेड (ENL) को साधारण शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । शुक्रबार कम्पनीको ५५ लाख ५६ हजार कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।
सर्वसाधारणमा वितरण गरिएको ५ लाख ५५ हजार ६०० कित्ता र कम्पनीका संस्थापकहरुले लागनी गरेको ५० लाख ४०० कित्ता शेयर गरी सो बराबरको शेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीको शेयरलाई पहिलो कारोबारको लागि प्रतिकित्ता न्युनतम १०५ रुपैयाँ ११ पैसा र अधिकतम ३१५ रुपैयाँ ३३ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । त्यस अनुसार आइतबारदेखि दोस्रो बजारमा कारोबारमा आउनेछ ।
नेप्सेले कम्पनीको शेयरलाई ईएनएल (ENL) कारोबार संकेत दिएको छ । उक्त कारोबार संकेतमा कम्पनीको शेयर किनबेच गर्न सकिन्छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया