लक्ष्यभन्दा साढे एक करोड बढी कर सङ्कलन

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ २, २०७४
|
|
४४ पटक हेरिएको
Shares
लक्ष्यभन्दा साढे एक करोड बढी कर सङ्कलन

सारांश

  • २ असार-काठमाडौँ ।
  • काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको एक महिनामात्र बाँकी रहँदा लक्ष्यभन्दा रु एक करोड ५५ लाख बढी विज्ञापन कर सङ्कलन गरेको छ ।
  • चालु वर्षका लागि विनापन करमा रु पाँच करोड लक्ष्य लिइएको भएपनि हालसम्म रु छ करोड ५५ लाख सङ्कलन भइसकेको राजस्व महाशाखा प्रमुख ध्रुव काफ्लेले जानकारी दिए ।

२ असार-काठमाडौँ । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको एक महिनामात्र बाँकी रहँदा लक्ष्यभन्दा रु एक करोड ५५ लाख बढी विज्ञापन कर सङ्कलन गरेको छ ।

चालु वर्षका लागि विनापन करमा रु पाँच करोड लक्ष्य लिइएको भएपनि हालसम्म रु छ करोड ५५ लाख सङ्कलन भइसकेको राजस्व महाशाखा प्रमुख ध्रुव काफ्लेले जानकारी दिए ।

काफ्लेका अनुसार आव २०७२/७३ मा रु चार करोड १७ लाख सङ्कलन गरिएको थियो । चालु आर्थिक वर्षमा अहिलेनै लक्ष्यभन्दा रु एक करोड ५५ लाख बढी सङ्कलन भइसकेको छ ।

केही वर्षयता नियमअनुसार विज्ञापन नराख्ने र सहर कुरुप बनाउनेलाई कामनपाले कडारुपमा कारबाही गर्दै त्यस किसिमको विज्ञापन आफ्नै सक्रियतामा हटाउन थालेपछि यस किसिमको उल्लेखनीय सुधार भएको काफ्लेको दाबी छ ।

महानगरका ३२ वटै वडामा विज्ञापनको प्रयोग गर्दा झ्याल छोप्ने र राख्ने, सार्वजनिक जग्गामा विभिन्न किसिमका विज्ञापन राख्ने, ठूला विज्ञापन असुरक्षित तरिकाले राखी विज्ञापन नीति बाहिर रहेकालाई कारबाही गर्न थाले पछि यस शीर्षकमा कर सङ्कलन बढेको हो ।

चालु आर्थिक वर्ष समाप्त हुँदा रु सात करोड नाघ्ने पक्का छ, काफ्लेले भने । २०५६/५७ सालदेखि यस क्षेत्रको कर सङ्कलन गर्न थालेको कामनपाले तीन वर्षदेखि मात्र लक्ष्य हासिल गर्न थालेको छ ।

कर सङ्कलनका लागि ठूलो सम्भावना रहेको यस महानगरले कतै नीतिको अभाव त कतै जनशक्ति थोरै जस्ता समस्या देखाउँदै उल्लेख्य मात्रामा सबै क्षेत्रको कर सङ्कलन गर्न सकेको छैन । रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दसैंको अग्रिम टिकट बुकिङ खुला, छाता ओढेर टिकट काट्दै यात्रु
दसैंको अग्रिम टिकट बुकिङ खुला, छाता ओढेर टिकट काट्दै यात्रु
मिडियाबाट टाढै बस्न प्रम ओलीको मन्त्रीहरुलाई निर्देशन
मिडियाबाट टाढै बस्न प्रम ओलीको मन्त्रीहरुलाई निर्देशन
सरकारले बनाएकाे निति तथा कार्यक्रम जनतालाई स्वर्ग लाने बाटो होईन : महेश बस्नेत(भिडियाेसहित)
सरकारले बनाएकाे निति तथा कार्यक्रम जनतालाई स्वर्ग लाने बाटो होईन : महेश बस्नेत(भिडियाेसहित)
पाँच रुपियाँमा खाना एक रुपियाँमा बास
पाँच रुपियाँमा खाना एक रुपियाँमा बास
सवारी दुर्घटना हुन नदिन सम्बद्ध पक्षको सावधानीमा राष्ट्रपतिको जोड
सवारी दुर्घटना हुन नदिन सम्बद्ध पक्षको सावधानीमा राष्ट्रपतिको जोड
प्रधानमन्त्री ओलीद्वारा विजयादशमीको टीका ग्रहण
प्रधानमन्त्री ओलीद्वारा विजयादशमीको टीका ग्रहण
पुरातात्विक स्थलको संरक्षणमा लाग्छु – प्रदेश उम्मेद्वार वसन्त मानन्धर
पुरातात्विक स्थलको संरक्षणमा लाग्छु – प्रदेश उम्मेद्वार वसन्त मानन्धर
प्रधानमन्त्री को सम्बोधन कार्यक्रममा पत्रकारलाई रोक
असोज २५ गते शनिबारको राशिफल यस्तो छ
मेडिकल कलेजका नाममा ‘मान्छे मार्दै’ याे अस्पताल
मेडिकल कलेजका नाममा ‘मान्छे मार्दै’ याे अस्पताल