मेडिकल कलेजका नाममा ‘मान्छे मार्दै’ याे अस्पताल

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ २८, २०७५
|
|
२४ पटक हेरिएको
Shares
मेडिकल कलेजका नाममा ‘मान्छे मार्दै’ याे अस्पताल

सारांश

  • काठमाडौं, २८ असार ।
  • बिराटनगरको कञ्चनबारीमा रहेको नोबेल मेडिकल कलेज र त्यसका सञ्चालक सुनिल शर्माको ‘मान्छे मार्ने’ दादागिरीले सीमा नाघेको छ ।
  • पीडित परिवारलाई बोलकबोल गरेको क्षतिपूर्ति दिनुको साटो धम्क्याउने गरेको नोबेल प्रशासनले प्रसुती गराउन पुगेका विरामीको लापरवाही उपचार गर्दा ज्यान जाने गरेको छ ।

काठमाडौं, २८ असार । बिराटनगरको कञ्चनबारीमा रहेको नोबेल मेडिकल कलेज र त्यसका सञ्चालक सुनिल शर्माको ‘मान्छे मार्ने’ दादागिरीले सीमा नाघेको छ ।

पीडित परिवारलाई बोलकबोल गरेको क्षतिपूर्ति दिनुको साटो धम्क्याउने गरेको नोबेल प्रशासनले प्रसुती गराउन पुगेका विरामीको लापरवाही उपचार गर्दा ज्यान जाने गरेको छ । जुन एकप्रकारको ‘हत्या’ नै ठहर्छ । ‘अदक्ष डाक्टर र गलत उपचारले मृत्यु भएपछि त्यो एक प्रकारको हत्या नै हो’, सर्वसाधारण भन्छन् ।

नोबेलमा प्रसुतीका लागि आएका बिरामी एक पछि अर्को गरी मृत्यु हुन थालेपछि नोबेल मेडिकल कलेज र त्यसका सञ्चालक सुनिल शर्माको पहुँच र शक्तिकेन्द्र आडको दादागिरीले सीमा नाघेको हो ।

यसै सातामात्र दुई जना प्रसुती गराउन आएका महिलाको नोबेलले ज्यान लिएको छ । २ जनामध्ये सुनसरी गढी– ६ की चाँदनी मेहताको परिवारलाई क्षतिपूर्ति दिन अस्पताल प्रशासन तयार भएको थियो । प्रहरीसहितको मध्यस्तता भएपछि पीडित परिवार उजुरी दिनुको साटो सहमतिमा आउन बाध्य पारिए । र, ५ लाख क्षतिपूर्ति रकम अस्पतालले दिने विषयमा सहमति भयो । जुन रकम अस्पताल प्रशासनले अहिले सम्म दिएको छैन, बरु उल्टै पीडितलाई धम्की दिइने गरेको छ ।

चाँदनीको शनिबार दिउँसो ३ बजे ज्यान गएको थियो । मृत्यु हुनुभन्दा ५ दिन अघि भर्ना भएकी चाँदनीको सामान्य अवस्था हुँदाहुँदै चिकित्सकले लापरवाही गरे । ‘अस्पतालमा बचाउन ल्याउने हो, स्वस्थ्य मानिस मार्न ल्याउने होइन, यहाँ यस्तै भइरहेको छ’, चाँदनीका आफन्तले भने,‘त्यसपछि हप्की दप्की पनि खेप्नु परेको छ ।’

प्रहरीको रहोबरमा अस्पताल प्रशासनले पीडित परिवारलाई दिने ५ लाख नगद मृतकका २ छोरीका नाममा रकम जम्मा गरिदिने सहमति भएको थियो । मृतकका जेठाजु गंगाप्रसाद मेहताका अनुसार सहमतिअनुसारको सो रकम लिन आइतबार अस्पताल जाँदा अस्पताल सञ्चालक सुनिल शर्माले हप्काए । उनले धम्कीपूर्ण भाषामा २ लाख मात्र पाउने बताएका थिए ।

मृतकका अर्का आफन्त वीरेन्द्र मेहताले अस्पतालका जिम्मेवार व्यक्तिसहित जिल्लाका महत्वपूर्ण प्रहरी अधिकारीसमेत बसेर भएको सम्झौता अस्पतालले उल्लंघन गरेको बताए ।

मोरङ जिल्लाका डिएसपी निशान थापाले अस्पतालले पीडित पक्षसँग सहमति भएको सुनेको बताए । मृत्यु भएको वा डाक्टरको लापरवाहीका कारण ज्यान गएको भन्ने उजुरी नपरेको बताए । ‘उपचारका क्रममा ज्यान त गईहाल्छ नी ! तर लापरवाहीका कारण गएको भन्ने उजुरी यहाँ आएको छैन’, उनले दैनिक नेपालसँग भने,‘सहमति भएको केही दिनमा पीडितहरूको टोली आएको भन्ने सूचनाका आधारमा सुरक्षा दिन पुगेको हो, त्यसपछि कस्तो सहमति भएको छ थाहा छैन ।’

प्रहरी आफैं मिलापत्रका लागि मध्यस्ततामा बसेपछि पीडितले उजुरी दिने निकायको ढोका नै बन्द गराइयो । दैनिक नेपालका अनुसार चाँदनी मृत्यु प्रकरणमा अस्पतालका प्रबन्ध निर्देशक शर्माको कुनै प्रतिक्रिया आउन सकेन । अस्पताल प्रशासनलाई दै सोध्न खोज्दा प्रशासन प्रमुख सम्पर्कमा आउन चाहेनन् ।

शर्मा नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालासँग सम्बन्ध राख्छन् । उनी गएको प्रतिनिधि सभा निर्वाचनमा मोरङ क्षेत्र नम्बर ३ बाट उम्मेदवार पनि बनेका थिए । उनीमाथि नक्कली प्रमाणपत्रका आधारमा डाक्टर बनेको आरोप पनि छ । नक्कली डाक्टरविरुद्धको प्रहरीको अप्रेशन चलेका बेला उनी फरार थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निजी क्षेत्रले दिगो लगानीमा ध्यान दिनु राष्ट्रको आवश्यकता – राष्ट्रपति भण्डारी
निजी क्षेत्रले दिगो लगानीमा ध्यान दिनु राष्ट्रको आवश्यकता – राष्ट्रपति भण्डारी
प्रत्यक्ष वैदेशिक लगानीलाई प्रवर्द्धन र संरक्षण हुन्छ, लगानी गर्नुहोस् : उपप्रधानमन्त्री श्रेष्ठ
प्रत्यक्ष वैदेशिक लगानीलाई प्रवर्द्धन र संरक्षण हुन्छ, लगानी गर्नुहोस् : उपप्रधानमन्त्री श्रेष्ठ
इजरेल गाजा युद्धपछि सुरक्षा छलफलमा इजरेली प्रधानमन्त्री
इजरेल गाजा युद्धपछि सुरक्षा छलफलमा इजरेली प्रधानमन्त्री
क्रिकेटमा हङकङ हार्दा नेपालको भाग्य चम्कियो
क्रिकेटमा हङकङ हार्दा नेपालको भाग्य चम्कियो
के शहर के दुर दराज जताततै हत्केला समाज
के शहर के दुर दराज जताततै हत्केला समाज
सरकारले ६ महिनामा एक लाख पशुलाई कृत्रिम गर्भाधान गराएछ : विश्वप्रकाश शर्मा
धार्मिक पर्यटनको विकास हुनुपर्छ : मन्त्री कुशियत
धार्मिक पर्यटनको विकास हुनुपर्छ : मन्त्री कुशियत
विश्वकप क्रिकेटः दक्षिण अफ्रिकाको विजयी यात्रा जारी
विश्वकप क्रिकेटः दक्षिण अफ्रिकाको विजयी यात्रा जारी
प्रहरीमा ३० बर्षे सेवा अबधी हटाउदै सरकार, दश जना एआईजी पनि हट्दै
प्रहरीमा ३० बर्षे सेवा अबधी हटाउदै सरकार, दश जना एआईजी पनि हट्दै
विवादित यतीको ‘मस्कट’ हटाइयो
विवादित यतीको ‘मस्कट’ हटाइयो

तपाईंले छुटाउनुभयो कि?