किन गोही जस्तो देखिन चाहन्छन् यहाँका मानिस ?

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र १२, २०७५
|
|
२५ पटक हेरिएको
Shares
किन गोही जस्तो देखिन चाहन्छन् यहाँका मानिस ?

सारांश

  • पपुवा न्यु गिनीका ८० प्रतिशत भन्दा बढी मानिस अझै पनि ग्रामिण भेगमा बसोबास गर्छन् ।
  • विश्वको सबैभन्दा बढी ८३२ भाषा बोलिने यो देशका जनता आफ्नो मौलिक संस्कृतिलाई जोगाउनु पर्नेमा सचेत छन् ।
  • पपुवा न्युु गिनीको परांबाई गाउँमा एउटा यस्तो चलन छ जुन सुन्दा अचम्म लाग्न सक्छ ।

पपुवा न्यु गिनीका ८० प्रतिशत भन्दा बढी मानिस अझै पनि ग्रामिण भेगमा बसोबास गर्छन् । विश्वको सबैभन्दा बढी ८३२ भाषा बोलिने यो देशका जनता आफ्नो मौलिक संस्कृतिलाई जोगाउनु पर्नेमा सचेत छन् । पपुवा न्युु गिनीको परांबाई गाउँमा एउटा यस्तो चलन छ जुन सुन्दा अचम्म लाग्न सक्छ । त्यहाँका मानिसहरु आफ्नो शरिरलाई गोहीको छाला जस्तो बनाउने गर्छन् । यो यहाँको परम्परा हो । जुन यहाँका सबैले स्वीकार्नै पर्ने हुन्छ ।


खासमा यहाँका मानिसले जनावरहरुलाई निकै मान्ने गर्छन् । र पुजा पनि गर्ने गर्छन् । उनीहरुले गोहीलाई सबैभन्दा ठूलो भगवानका रुपमा पुज्न गर्छन् । उनीहरुको मान्यता छ कि मानिसहरु पनि गोहीबाट नै विकसित भएको प्राणि हो । र गोही पृथ्वीको सबैभन्दा शक्तिशाली जनावर हो । उनीहरु गोहीसँग डराउने भन्दा पनि उसको शक्तिलाई आत्मसाथ गर्ने गर्छन् ।


यहाँका युवाहरुले छाति र ढाडमा गोहीको छाला प्रतित हुने आकार बनाएपछि मात्र पुरुष हुने मान्यता छ । छाति र ढाडमा धारीलो हतियारले चोट बनाएर त्यतिकै छाड्ने र त्यो निको भएपछि शरिरमा गोहीको छालाजस्तो जस्तो आकार बन्छ । पहिले यो कामका लागि बाँसको प्रयोग हुन्थ्यो तर अहिले विभिन्न धातुका हतियारको प्रयोग हुन्छ । कतिपय मानिसहरु चोटको दुखाईले बेहोस पनि हुने गर्छन् । दुःखाई कम होस भनेर गाउँका वृद्धहरु मुरली बजाउने गर्छन् ।

यो परम्परा हेर्दा अमानविय लागे पनि उनीहरुको समुदायमा अनिवार्य छ । कति मानिसहरुको यसै क्रममा ज्यानै समेत जाने गर्छ । तर त्यो उनीहरुका लागि सामान्य हो, किनकी त्यहाँका मानिसहरुका अनुसार शरिरमा त्यो चिन्ह नभएको मानिस बाँच्न योग्य छैन ।
विविसी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?