सुन तस्कर गोरेद्वारा कारागारभित्रै आत्महत्याको प्रयास

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र १२, २०७५
|
|
२९ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, १२ भदाै ।
  • करिब ३६ क्वीन्टल सुन तस्करी गरेको कागजी विवरण भेटिएको र ३३ केजी तस्करीको सुन लुटपाटपछि विकास भएको घटनाका मुख्य योजनाकार गोरे उर्फ चुडामणि शर्माले कारागारभित्रै आत्महत्याको प्रयास गरेका छन् ।
  • लुटपाट भएको भनिएको ३३ किलो सुन खोज्ने क्रममा कुटेर शनम शाक्य हत्यामा संलग्न भएको अभियोगमा केन्द्रीय कारागार सुन्धारास्थित गोलघरमा रहेका गोरेले कारागारभित्रै आत्महत्याको प्रयास गरेका हुन् ।

काठमाडौं, १२ भदाै । करिब ३६ क्वीन्टल सुन तस्करी गरेको कागजी विवरण भेटिएको र ३३ केजी तस्करीको सुन लुटपाटपछि विकास भएको घटनाका मुख्य योजनाकार गोरे उर्फ चुडामणि शर्माले कारागारभित्रै आत्महत्याको प्रयास गरेका छन् ।

लुटपाट भएको भनिएको ३३ किलो सुन खोज्ने क्रममा कुटेर शनम शाक्य हत्यामा संलग्न भएको अभियोगमा केन्द्रीय कारागार सुन्धारास्थित गोलघरमा रहेका गोरेले कारागारभित्रै आत्महत्याको प्रयास गरेका हुन् । गोरेले आफैले लगाएको सर्टले घाटीमा बाधेर पासो लगाएर केही दिनपहिले आत्महत्याको प्रयास गरेको समाचार बाहिर आएको छ । गोरे कहिलेकाही अझै तनावमा आएको बेला टाँउको भित्तामा ठोक्ने गरेको कारागार स्रोतको भनाई छ ।

०७४ माघ ७ मा त्रिभुवन विमानस्थलबाट ३३ किलो सुन काठमाडौं भित्राउने क्रममा लूटपाट भएपछि सुनका भरिया शनम शाक्यको हत्या भएको थियो । सोही अभियोगमा नेपाल प्रहरीका पूर्व प्रहरी नायव महानिरीक्षक गोबिन्द निरौला, बहालवाला वरिष्ठ प्रहरी उपरीक्ष श्याम खत्री, दिवेश लोहनीलगायत दर्जन प्रहरी अधिकारीमाथि समेत घटनामा सहभमागी भएको आरोप लागेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?