भोजपुरमा ११ वर्षीया बालिकाको बलात्कारपछि हत्या

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र १३, २०७५
|
|
२४ पटक हेरिएको
Shares

सारांश

  • बिराटनगर १३ भदौ  ।
  • भोजपुर जिल्लाको साल्पासिलिछो गाउँपालिका–६ सालेवामा वर्ष ११ की बालिका रचना राईको हत्या भएको  छ  ।
  • सोमबार  खाना खाएर स्थानीय नातेदार मामा २० वर्षीय सञ्जय राईसँगै मोबाइलमा फिल्म हुेर्छु भन्दै सुतेकी राईको बलात्कारपछि घाँटी थिचेर हत्या भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएसपी केशवकुमार थेवेले बताउनभयो ।

बिराटनगर १३ भदौ  । भोजपुर जिल्लाको साल्पासिलिछो गाउँपालिका–६ सालेवामा वर्ष ११ की बालिका रचना राईको हत्या भएको  छ  । सोमबार  खाना खाएर स्थानीय नातेदार मामा २० वर्षीय सञ्जय राईसँगै मोबाइलमा फिल्म हुेर्छु भन्दै सुतेकी राईको बलात्कारपछि घाँटी थिचेर हत्या भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएसपी केशवकुमार थेवेले बताउनभयो । सञ्जयसँगै सुतेकी बालिकाको बलात्कारपछि आमाबुबाले थाहा पाउने भएपछि बालिकाको हत्या गरेको हुनसक्ने डीएसपी थेवेले बताउनुभयो ।

आमा धनमनी राई र सौतेनी बाबु राजन राईसँग बस्दै आएका मृतक बालिकाको घरमा सञ्जय राई लामो समयदेखि बस्दै आएको स्थानीय दिक्पल राईले बताउनुभयो । त्यो दिन पनि चौकीडाँडाको गोथेबजारबाट खच्चडमा किराना पसलका सामान ल्याएर साँझ को समयमा  बास बस्न आएका राईले बताए  ।बालिकाको हत्या गरेको आरोपमा सञ्जयलाई गएराति नै प्रहरीले पक्राउ गरेको र थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय  लगेको  छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Shiva Chhetri

    Jabtak fasi ko kanun hunna sadai varai yastai ghatna hune vo

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?