अाज भदाै १३ गते: कहाँ के-के घटना घटे ?

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र १३, २०७५
|
|
२९ पटक हेरिएको
Shares
अाज भदाै १३ गते: कहाँ के-के घटना घटे ?

सारांश

  • अवैध लागूऔषध सहित ७ जना पक्राउ  सुनसरी र पर्साबाट अवैध लागूऔषध सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
  • उनीहरुमध्ये ४ जना सुनसरी र ३ जना पर्साबाट पक्राउ परेका हुन् ।
  • सुनसरी कोशी गाउँपालिका ४ कटानस्थित बा११ च ४३४६ नम्बरको कारमा सवार धरान १५ बस्ने ३० वर्षीय सुजन राई लगायत ४ जनालाई ११.

अवैध लागूऔषध सहित ७ जना पक्राउ 
सुनसरी र पर्साबाट अवैध लागूऔषध सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुमध्ये ४ जना सुनसरी र ३ जना पर्साबाट पक्राउ परेका हुन् ।
सुनसरी कोशी गाउँपालिका ४ कटानस्थित बा११ च ४३४६ नम्बरको कारमा सवार धरान १५ बस्ने ३० वर्षीय सुजन राई लगायत ४ जनालाई ११.३ ग्राम खैरो हेरोइन सहित मंगलबार पक्राउ परेका हुन् । कारको तेल हाल्ने ट्याङकीभित्र प्लाष्टिकमा लुकाइ ल्याएको अवस्थामा उक्त लागूऔषध प्रहरीले फेला पारेको हो ।

यसैगरी पर्साबाट भारत मोतियारी बस्ने २८ बर्षीय संजय सहनी करीब ६० केजी लागूऔषध गाँजा सहित मंगलबार प्रहरीले पक्राउ परेका हुन् । बीरगंज महानगरपालिका २१ परवानिपुर चोकस्थित त्रिभुवन राजपथमा हेटौडाबाट बीरगंजतर्फ जाँदै गरेको बि एल ९ सि क्यिु एस ४३०९ नम्बरको कारलाई जाँच गर्ने क्रममा चालक संजय उक्त परिमाणको लागूऔषध सहित पक्राउ परेका हुन् ।
यसैगरी पर्सा बीरगंज महानगरपालिका१६ बैष्ण्वी हल आगाडी मकवानपुर हेटौडा उपमहानगरपालिका ९ बस्ने १९ बर्षीय जिवनबहादुर खड्का र सोही ठाउँ बस्ने २१ बर्षीय बिशाल बिकलाई नियन्त्रित लागूऔषध ६१ एम्पुल फेनारगन, ६२ एम्पुल डाईजेपाम, र ६२ एम्पुल नुर्फिन सहित मंगलबार प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी ईनर्वाबाट खटीएको टोलीले जाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई लुकाई ल्याएको उक्त लागूऔषध सहित पक्राउ गरको हो ।
घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

कटुवा पेस्तोल र गोली सहित पक्राउ 
पर्सा,
बिन्दबासिनी गाउँपालिका(३ अमरपट्टीबाट भारत बिहार पुर्वीचम्पारण हरैया बस्ने रोशनकुमार कैरीलाई बाह्रबोर कटुवा पेस्तोल १ थान र सोको गोली ५ राउण्ड सहित मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 नक्कली रुपैयाँ सहित पक्राउ
धनुषा,
भारत विहार मधुवनी बस्ने २७ वर्षीय विजयकुमार यादव र २५ वर्षीय हाकिम साहलाई नेपाली ५ सयको २ वटा नक्कली नोट सहित प्रहरीले पक्राउ गरेको छ ।
लक्ष्मीनिया गाउँपालिका५ बनिनियास्थित नहर चोकमा उनीहरु सवार बिआर ३२ आर ६७७८ नम्वरको मोटरसाइकललाई चेक गर्दा चालक विजयकुमारको साथबाट मंगलबार उक्त नक्कली नोट बरामद भएको थियो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अमेरिकी डलर सहित पक्राउ 
काठमाडौं,
सुनसरी धरान उपमहानगरपालिका १७ घर भएका ३५ वर्षीय अम्मर विश्वकर्मा र पूर्वी रुकुम सिस्ने गाउँपालिका २ घर भएका २९ वर्षीय धनबहादुर खड्कालाई अमेरिकी डलर ६१ हजार ६ सय २० सहित मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका २६ ठमेलमा बिदेशी मुद्राको कारोबार भइरहेको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी बृत्त दरबारमार्गबाट खटिएको प्रहरी टोलीले उनीहरु सवार बा।९१प ४२४७ नम्बरको स्कुटी जाँच गर्दा डिकीमा राखेको अवस्थामा विभिन्न दरका उक्त डलर बरामद भएको थियो।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

घर भत्कँदा मृत्यु तथा घाइते
सल्यान,
बागचौर नगरपालिका ४ सेती गुराँस बस्ने रामसिंह कामीको टिनले छाएको एक तले कच्ची घरको पर्खाल बर्षाले मंगलबार राति भत्कदा घरमा सुतिरहेका ४० वर्षीय रामसिंह कामी सहित ५ जनाको मृत्यु भएको छ । घटनामा कामीको ११ वर्षीया छोरी सुनिता बि।क।घाइते भएकी छिन् ।
उक्त स्थानमा प्रहरीले उद्धार कार्य गरीरहेको छ ।

खोलाले बगाएर मृत्यु 

रामेछाप :खोलाले बगाएर लिखु तामाकोशी गाउँपालिका(५ छापगाँउ बस्ने ३५ वर्षीय सिंहबहादुर तामाङको मृत्यु भएको छ भने उनको ४५ वर्षीया श्रीमती रमामायाँ तामाङ बेपत्ता भएकी छिन् ।
मंगलबार गोठबाट घर फर्कने क्रममा स्थानीय पैया खोलाले उनीहरु दुवैजनालाई बगाएको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धोबिडाँडाबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा सिंहबहादुरलाई मृत अवस्थामा फेला पारेको थियो । बेपत्ता रमामायाँको प्रहरीले खोजतलास गरिरहेको छ ।
दैलेख: गुराँस गाउँपालिका८ बस्ने राम बहादुर वलीको ८ वर्षीय छोरा सुनिल वलीको मंगलबार स्कूलबाट घर फर्कने क्रममा स्थानीय ठुलोखोलाले बगाएर मृत्यु भएको छ ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 विभिन्न धनमाल चोरी 
काठमाडौं,
काठमाडौं महानगरपालिका १० मध्य बानेश्वर महादेवस्थान मार्ग बस्ने सन्धा क्षेत्रीको घरमा मंगलबार कोही नभएको अवस्थामा नगद तथा सुनका विभिन्न गहना समेत गरी करीव ५ लाख ५८ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।
फरार चोरहरुको खोजतलास गर्नुको साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

सवारी दुर्घटनामा मृत्यु तथा घाइते 

काठमाडौं महानगरपालिका १३ कालिमाटी बिष्णुमती पुलमा बा३४ प ५४१५ नम्बरको मोटरसाइकल र ना४ ख २९४८ नम्बरको ट्याङ्कर ठक्कर खाई दुर्घटना हुँदा गम्भीर घाइते भएकी मोटरसाइकलमा सवार काठमाडौं सितापाइला बस्ने दोलखा क्षेत्रपा गाउँपालिका ८ की ३२ बर्षीया बबिता थापाको बीर अस्पतालमा उपचारको क्रममा बुधबार मृत्यु भएको छ । दुबै सवारी साधन र दुबै चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
धादिङ : गजुरी गाँउपालिका ६ पोखरेखोला स्थित सडकमा बा ४ ख ७७८१ नम्बरको टिपर अनियन्त्रित भई सडकबाट करीब ५० फिट तल त्रिशुली नदिमा खस्दा टिपरमा सवार गजुरी(६ जहरे बस्ने २२ बर्षीय केशर पुलामी घाइते भएकाले गजुरी अस्पतालमा पठाएकोमा उपचारको क्रममा मंगलबार मृत्यु भएको छ । टिपरमा सवार चालक सहित अन्य ४ जनालाई उद्धार गरी उपचारको लागि गजुरी अस्पतालमा पठाइएकोमा चालक श्यामकुमार मगर र २१ वर्षीय दिनेश भुजेललाई थप उपचारको लागि अन्नपुर्ण न्युरो अस्पताल काठमाडौं पठाईएको छ ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

नियन्त्रित लागूऔषध सहित पक्राउ 
मोरङ,
पथरी शनिश्चरे नगरपालिका १ बस्ने २४ वर्षीय रुपेश मिजाँरलाई नियन्त्रित लागूऔषध स्पास पोकरनप्लस ४० ट्याब्लेट, नाइट्राभेट १ सय ५० ट्याब्लेट, स्काप २ बोतल र डाइलेक्स डिसी १ बोतल सहित बुधबार प्रहरीले पक्राउ गरेको छ ।
सुनवर्सी नगरपालिका ८ हर्चनस्थित छोटी भंसार कार्यालय अगाडि भारतबाट नेपालतर्फ आउदै गरेको उनी सवार को३० प ४७६३ नम्बरको मोटरसाइकललाई चेक गर्दा उनको साथबाट उक्त नियन्त्रित लागूऔषध बरामद भएको थियो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सवारी दुर्घटनामा ३ जनाको मृत्यु 

सिन्धुली र धनकुटामा भएको छुटाछुटै सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । दुर्घटनामा सिन्धुलीमा २ जना र धनकुटामा १ जनाको मृत्यु भएको हो ।
सिन्धुली कमलामाई नगरपालिका १ चनौटेस्थित सडकमा बा१ क३२०५ नम्बरको जेसिबि बुधबार सडकबाट अंदाजी २५ मिटर तल खसेर दुर्घटना हुँदा चालक धनुषा मिथिला नगरपालिका लालगढ बस्ने ३० वर्षीय सन्तोष रिजाल, सिन्धुली तिनपाटन गाउँपालिका ५ बस्ने २५ वर्षीय कमल बोगटी र २४ वर्षीय गणेश थापा घाइते भएकोले उपचारको लागि जिल्ला अस्पताल सिन्धुलीतर्फ लैजाने क्रममा सन्तोष र कमल बोगटीको बाटोमै मृत्यु भएको हो ।

यसैगरी धनकुटा सागुरीगढी गाउँपालिका ६ स्थित सडकमा को१ ख ३५८३ नम्बरको बस बुधबार अनियन्त्रित भई सडकको भित्तामा ठोक्किएर दुर्घटना हुँदा बसमा सवार ३५ जना मध्ये १७ जना घाइते भएकोले उपचारको लागि घोपा अस्पताल धरान पठाइएकोमा उपचारको क्रममा सुनसरी बराह नगरपालिका ९ प्रकाशपुर बस्ने ४८ वर्षीय राजेन्द्र चन्द्रबंशीको मृत्यु भएको हो । फरार बस चालकको प्रहरीले खोजतलास गरिरहेको छ ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले उद्दार कार्य एवं आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?