फ्राइडे रिलीजस् हलमा ‘न यता न उता’ र ‘रातो गलबन्दी’

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण १७, २०७६
|
|
२२ पटक हेरिएको
Shares
फ्राइडे रिलीजस् हलमा ‘न यता न उता’ र ‘रातो गलबन्दी’

सारांश

  • काठमाडौं।
  • फ्राइडे रिलिजको परम्परा धान्दै आजबाट दुई नेपाली सिनेमाले प्रदर्शन आरम्भ गरेका छन्।
  • कमेडी जनरामा निर्माण भएको ‘न यता न उता’ र प्रेम कथामा निर्माण भएको ‘रातो गलबन्दी’ प्रदर्शनमा आएका सिनेमा हुन्।

काठमाडौं। फ्राइडे रिलिजको परम्परा धान्दै आजबाट दुई नेपाली सिनेमाले प्रदर्शन आरम्भ गरेका छन्। कमेडी जनरामा निर्माण भएको ‘न यता न उता’ र प्रेम कथामा निर्माण भएको ‘रातो गलबन्दी’ प्रदर्शनमा आएका सिनेमा हुन्।‘न यता न उता’लाई मिराज रोश र विशारद बस्नेतले निर्देशन गरेका हुन्। सिनेमामा मिराजका साथमा समिरमणी दीक्षित, ऋचा शर्मा, छुल्ठिम गुरुङ, बुद्धि तामाङ, रविन्द्र झा, नम्रता सापकोटा, सिल्सा जिरेल, राजाराम पौडेल, कमलमणी नेपाल, जीवन भट्टराई, किरण राई, नमिता घिसिङ, भिमा मैनाली, राजन खतिवडा, जयनन्द लामा लगायतको अभिनय रहेको छ।

त्यस्तै आजबाट प्रदर्शनमा आएको सिनेमा ‘रातो गलबन्दी’लाई अनिष थापाले निर्देशन गरेका हुन्। यो सिनेमामा केही अधिकारी, बुद्दि तामाङ, कोशिश क्षेत्री, अर्जुन गुरुङ, हेमन्त बुढाथोकी, सम्राट थापा लगायतको मुख्य भूमिका छ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?