एसिया कप छनाेटः नेपालकाे १०० रन पुरा, सुवाष ५० रन बनाएर अाउट

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र १४, २०७५
|
|
१७ पटक हेरिएको
Shares
एसिया कप छनाेटः नेपालकाे १०० रन पुरा, सुवाष ५० रन बनाएर अाउट

सारांश

  • काठमाडाैँ, १४ भदाै ।
  • एसिया कप छनोट प्रतियोगिताको ओफ्नो दोस्रो खेल अन्तरगत युएइसँग २ सय ५५ रनको लक्ष्य पछ्याइरहेको नेपालले अाफ्नाे पहिलाे १०० रन पुरा गरेकाे छ भने अाेपनर सुवाष खकुरेलले अाफ्नाे पहिलाे एकदिवसीय अर्धसतक पुुरा गरेर अाउट भएका छन् ।
  • ३३ अाेभरकाे खेल सकिँदा नेपालले ४ विकेट गुमाएर १०९ रन बनएर खेलिरहेकाे छ ।

काठमाडाैँ, १४ भदाै । एसिया कप छनोट प्रतियोगिताको ओफ्नो दोस्रो खेल अन्तरगत युएइसँग २ सय ५५ रनको लक्ष्य पछ्याइरहेको नेपालले अाफ्नाे पहिलाे १०० रन पुरा गरेकाे छ भने अाेपनर सुवाष खकुरेलले अाफ्नाे पहिलाे एकदिवसीय अर्धसतक पुुरा गरेर अाउट भएका छन् ।

३३ अाेभरकाे खेल सकिँदा नेपालले ४ विकेट गुमाएर १०९ रन बनएर खेलिरहेकाे छ । अब नेपाललाई १७ अाेभरमा १४६ रन चाहिएकाे छ ।

खराब सुरुवात गरेको नेपालले ५० रन भित्रै महत्वपूर्ण ३ विकेट गुमाएकाे थियाे । दिपेन्द्र सिँह एेरी र सुवाष खकुरेलले सम्हालिँदै नेपालकाे इन्निङ् अगाडी बढाएका थिए । उनीहरु बिच ५८ रनकाे साझेदारी बनेकाे थियाे । दिपेन्द्रलाई साथ दिन क्रिजमा अारिफ शेख अाएका छन् ।

निर्धारित ५० ओभरमा युएइले ९ विकेट गुमाउँदै २ सय ५४ रन बनाएपछि नेपालले २ सय ५५ रनको लक्ष्य पाएको थियो । नेपालका लागि सन्दिप लामिछानेले एक्ले ४ विकेट लिए भने बसन्त रेग्मीले २ विकेट लिएका थिए । युएइका लागि चिराग सुरीले ६५ र अद्नन् मुफ्तिले ५७ रन बनाएका थिए ।

पहिलो खेल हारेको नेपाललाई यो खेल जित्नैपर्ने दबाव रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?