प्रस्तावित प्रधानन्यायाधीशलाई प्रधानमन्त्री केपी शर्मा ओलीले दिए यस्तो सुझाव

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण १६, २०७५
|
|
३८ पटक हेरिएको
Shares
प्रस्तावित प्रधानन्यायाधीशलाई प्रधानमन्त्री केपी शर्मा ओलीले दिए यस्तो सुझाव

सारांश

  • काठमाडौं, १६ साउन ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई राजीनामा दिन आग्रह गरेका छन् ।
  • प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार भएको भेटमा प्रधानमन्त्रीले शैक्षिक योग्यताको प्रमाणपत्र लगायतका विषयमा विवादमा मुछिएकाले राजीनामा दिएर सुरक्षित अवतरण खोज्न जोशीलाई सुझाव दिएका हुन् ।

काठमाडौं, १६ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीलाई राजीनामा दिन आग्रह गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार भएको भेटमा प्रधानमन्त्रीले शैक्षिक योग्यताको प्रमाणपत्र लगायतका विषयमा विवादमा मुछिएकाले राजीनामा दिएर सुरक्षित अवतरण खोज्न जोशीलाई सुझाव दिएका हुन् ।

सत्तारुढ दल नेकपाका अध्यक्ष समेत रहेका ओलीले जोशीले राजीनामा नदिए संसदीय सुनुवाइ समितिमा रहेका नेकपा र सत्तारुढ दल संघीय समाजवादी फोरमका सांसदलाई जोशीको नाम अस्वीकार गर्न निर्देशन दिइसकेका छन् । यसबारे जोशीलाई पनि जानकारी गराइएको संसदीय सुनुवाइ समितिमा रहेका नेकपाका एक नेताले जानकारी दिएका छन् ।

संसदीय सुनुवाइ समिति १५ जनाको रहेको छ । उक्त समितिमा नेकपाका ९, सत्तारुढ दल फोरमका १, सरकारलाई समर्थन गरेको राजपाका १ र कांग्रेसका ४ सदस्य छन् । समितिमा सरकारमा रहेका नेकपा र फोरमका गरी १० सदस्य छन् । यो संख्या दुई तिहाई भएकाले जोशीको नाम अस्वीकार गर्न सरकारलाई सजिलो देखिएको छ ।

(www.madisonavenuemalls.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?