एसिया कप छनाेटः नेपालकाे १०० रन पुरा, सुवाष ५० रन बनाएर अाउट
सारांश
- काठमाडाैँ, १४ भदाै ।
- एसिया कप छनोट प्रतियोगिताको ओफ्नो दोस्रो खेल अन्तरगत युएइसँग २ सय ५५ रनको लक्ष्य पछ्याइरहेको नेपालले अाफ्नाे पहिलाे १०० रन पुरा गरेकाे छ भने अाेपनर सुवाष खकुरेलले अाफ्नाे पहिलाे एकदिवसीय अर्धसतक पुुरा गरेर अाउट भएका छन् ।
- ३३ अाेभरकाे खेल सकिँदा नेपालले ४ विकेट गुमाएर १०९ रन बनएर खेलिरहेकाे छ ।
काठमाडाैँ, १४ भदाै । एसिया कप छनोट प्रतियोगिताको ओफ्नो दोस्रो खेल अन्तरगत युएइसँग २ सय ५५ रनको लक्ष्य पछ्याइरहेको नेपालले अाफ्नाे पहिलाे १०० रन पुरा गरेकाे छ भने अाेपनर सुवाष खकुरेलले अाफ्नाे पहिलाे एकदिवसीय अर्धसतक पुुरा गरेर अाउट भएका छन् ।
३३ अाेभरकाे खेल सकिँदा नेपालले ४ विकेट गुमाएर १०९ रन बनएर खेलिरहेकाे छ । अब नेपाललाई १७ अाेभरमा १४६ रन चाहिएकाे छ ।
खराब सुरुवात गरेको नेपालले ५० रन भित्रै महत्वपूर्ण ३ विकेट गुमाएकाे थियाे । दिपेन्द्र सिँह एेरी र सुवाष खकुरेलले सम्हालिँदै नेपालकाे इन्निङ् अगाडी बढाएका थिए । उनीहरु बिच ५८ रनकाे साझेदारी बनेकाे थियाे । दिपेन्द्रलाई साथ दिन क्रिजमा अारिफ शेख अाएका छन् ।
निर्धारित ५० ओभरमा युएइले ९ विकेट गुमाउँदै २ सय ५४ रन बनाएपछि नेपालले २ सय ५५ रनको लक्ष्य पाएको थियो । नेपालका लागि सन्दिप लामिछानेले एक्ले ४ विकेट लिए भने बसन्त रेग्मीले २ विकेट लिएका थिए । युएइका लागि चिराग सुरीले ६५ र अद्नन् मुफ्तिले ५७ रन बनाएका थिए ।
पहिलो खेल हारेको नेपाललाई यो खेल जित्नैपर्ने दबाव रहेको छ ।
प्रतिक्रिया