डाँडो खारेर प्लटिङ गरिएको जमिन फाट्दा ४ घर भत्किए

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र १६, २०७५
|
|
२२ पटक हेरिएको
Shares
डाँडो खारेर प्लटिङ गरिएको जमिन फाट्दा ४ घर भत्किए

सारांश

  • काठमाडौं – बूढानिलकण्ठ नगरपालिका बिष्णुमती टुसालमा शुक्रबार जमिन फाटेपछि चार घर भत्किएका छन् ।
  •  थप १४ घरसमेत धरापमा परेका छन् ।
  • १४ परिवार विस्थापित भएको प्रहरीले जनाएको छ ।

काठमाडौं – बूढानिलकण्ठ नगरपालिका बिष्णुमती टुसालमा शुक्रबार जमिन फाटेपछि चार घर भत्किएका छन् । थप १४ घरसमेत धरापमा परेका छन् । १४ परिवार विस्थापित भएको प्रहरीले जनाएको छ ।

घर भत्किएका र विस्थापित परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । जमिन चिरा परेर फाटेपछि चित्रबहादुर बस्नेत, राधिका धिताल, बीरबहादुर तामाङ र सुशीला बस्नेतको घर भत्किएको हो ।

चिरा परेको ठाउँमा पहिले डाँडो थियो । खारेर प्लटिङ गरेको हुनाले जमिन चिरा परी फाटेको हुन सक्ने भूगर्भविदले अनुमान गरेका छन् ।

आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?