प्रम ओलीले दिए मोदीलाई लुम्बिनी भ्रमणको निम्तो

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र १६, २०७५
|
|
२० पटक हेरिएको
Shares
प्रम ओलीले दिए मोदीलाई लुम्बिनी भ्रमणको निम्तो

सारांश

  • काठमाडौं ।
  • प्रधानमन्त्री ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई बुद्ध जन्मस्थल लुम्बिनी भ्रमणको निम्तो दिएका छन् ।
  • बिमस्टेक सम्मेलनमा भाग लिन आएका मोदीलाई पशुपति धर्मशाला उदघाटनको क्रममा लुम्बिनी भ्रमणको निम्तो दिएका हुन् ।

काठमाडौं । प्रधानमन्त्री ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई बुद्ध जन्मस्थल लुम्बिनी भ्रमणको निम्तो दिएका छन् ।

बिमस्टेक सम्मेलनमा भाग लिन आएका मोदीलाई पशुपति धर्मशाला उदघाटनको क्रममा लुम्बिनी भ्रमणको निम्तो दिएका हुन् ।

प्रधानमन्त्री ओलीले मोदीको अघिल्लोपटक जनकपुर र मुक्तिनाथ मन्दिरको भ्रमणले नेपालको पर्यटनमा उल्लेख्य योगदान पुगेको उल्लेख गरे । “तपाईंको लुम्बिनी भ्रमणले बुद्धको जन्मस्थल, बुद्ध धर्मको महत्व र लुम्बिनीलाई बुद्धदर्शनको मुहानका रुपमा विश्वव्यापीरुपमा चिनाउन थप मद्दत मिल्नेछ” उनले भने ।

मोदी प्रधानमन्त्री भएपछि चौथो पटक नेपाल भ्रमण गरेको भन्दै प्रधानमन्त्री ओलीले प्रशंसा गर्दै यसबाट आपसी आत्मीय सम्बन्ध अझ मजबुत हुँदै गएको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?