दोलखा भीमसेनमा आयो पसिना, अनिष्ट हुने आशंका

Shikharkhabar Shikharkhabar
|
शनिबार, श्रावण ५, २०८१
|
|
२४ पटक हेरिएको
Shares
दोलखा भीमसेनमा आयो पसिना, अनिष्ट हुने आशंका

सारांश

  • दोलखा।
  • दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरको शिलामा पसिना आएको छ।
  • भीमसेनको मूर्तिमा शनिबार दिउँसो १ः४७ बजेदेखि पसिना आएको दोलखाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले जानकारी दिएका छन्।

दोलखा। दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरको शिलामा पसिना आएको छ।

भीमसेनको मूर्तिमा शनिबार दिउँसो १ः४७ बजेदेखि पसिना आएको दोलखाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले जानकारी दिएका छन्। उनका अनुसार, शनिबार दिउँसो ३ः५१ बजेसम्म शिलामा पसिना आएको थियो । मूर्तिको बायाँ भागमा पसिना आएको उनले बताएका छन्।

पसिना आएपछि अनिष्ट हुने भन्दै मन्दिरमा बाजागाजासहित पूजाआराधना गरिएको छ। भीमसेनको शिलामा पसिना आएपछि मुलुक र जनतामा अनिष्ट हुने मान्यता रहेको छ।

शिलामा आएको पसिनालाई कपासले पुछेर दर्शनार्थीलाई प्रदान गरिन्छ भने शिलाको पसिना पुछिएको कपास राष्ट्रपतिको कार्यालयमा पठाउने प्रचलन रहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?