राहुल गान्धीको कैलाश यात्रा, भारतीय राजनीतिमा खैलाबैला

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र १६, २०७५
|
|
२३ पटक हेरिएको
Shares
राहुल गान्धीको कैलाश यात्रा, भारतीय राजनीतिमा खैलाबैला

सारांश

  • सत्ता राजनीतिको खेलमा अछुतो रहने कुनै क्षेत्र हुँदैन ।
  • त्यसले धर्म वा आस्थाको कुरालाई त छोड्ने कुरा नै भएन, कम्तिमा भारतीय राजनीतिमा ।
  • भारतीय राजनीति ‘हिन्दु’ र ‘इतर हिन्दु’ मा विभाजित छ लामो समयदेखि ।

सत्ता राजनीतिको खेलमा अछुतो रहने कुनै क्षेत्र हुँदैन । त्यसले धर्म वा आस्थाको कुरालाई त छोड्ने कुरा नै भएन, कम्तिमा भारतीय राजनीतिमा ।

भारतीय राजनीति ‘हिन्दु’ र ‘इतर हिन्दु’ मा विभाजित छ लामो समयदेखि । हिन्दु बहुलवादको पक्षमा रहेको भारतीय जनता पार्टी, भाजपा सत्तामा आएदेखि त्यसले अझ प्राथमिकता पाएको छ ।प्रधानमन्त्री नरेन्द्र मोदी आफै धार्मिक गतिविधिमा संलग्न हुने गरेको अवस्थामा भाजपाले कांग्रेस र विशेष गरी कांग्रेस अध्यक्ष राहुल गान्धीलाई हिन्दु विरोधीको रुपमा प्रस्तुत गर्दै आयो ।

पछिल्ला महिनामा विभिन्न राज्यमा हुँदै आएका चुनावमा राहुल गान्धी मन्दिरमा गए, पूजा गरे । भाजपाले यसलाई पनि खोटको रुपमा देख्यो र ढोंगको रुपमा चित्रत गर्दै आएको छ ।हिन्दु विरोधीको रुपमा चित्रित गरिएका कांग्रेस अध्यक्ष राहुल गान्धी ‘शिव भक्त’ को रुपमा देखिए । यसको पछिल्लो कडी बनेको छ, राहुलको मानसरोवर यात्रा ।मानसरोवर यात्राका लागि राहुल शुक्रबार काठमाडौँ आइपुगेका छन् । उनी शनिबार मानसरोवर धार्मिक यात्राका लागि त्यसतर्फ प्रस्थान गर्दैछन् । राहुल गान्धीको यो धार्मिक यात्रालाई लिएर भाजापा र कांग्रेसबिच वाकयुद्ध चलेको छ ।

भाजपाले राहुलको धार्मिक भनिएको यात्राको विस्तृत विवरणमा प्रश्न गरेको छ । उ राहुलको यो यात्रामा राजनीतिक गन्ध रहेको मान्छ । चिनियाँ पक्षसँग राजनीतिक साँठगाँठको प्रयासका रुपमा पनि राहुलको यो यात्रालाई भाजपाले चित्रित गर्न थालेको छ । तर कांग्रेसले भने राहुलको मानसरोवर धार्मिक यात्रामा खोट देख्नेहरु ‘पापी रहेको र यसबाट अभिसाप मिल्ने’ बताएको छ ।

कांग्रेस पार्टीका सञ्चार प्रमुख रणदीप सूर्जेवालाले राहुलको यात्राका बारेमा शुक्रबार भनेका छन्, ‘शिव भक्त राहुल गान्धी कैलाश मानसरोवर यात्राका लागि त्यस तर्फ लागेका छन् । उनले त्यहाँ कैलाश पर्वतको परिक्रमा गर्ने छन् । यस्तै भगवान शिवको निवास तथा मानसरोवर तालको पनि गान्धीले परिक्रमा गर्ने छन् । यात्रा १२ देखि १५ दिनमा सकिनेछ ।’

राहुलको मानसरोवर यात्राको रुट भने खुलाइएको छैन । राहुलले मानसरोवर यात्रामा जाने आफ्नो इच्छा बारे सार्वजनिक रुपमा गएको अप्रिल २९ मा बताएका थिए । उनले दिल्लीमा भएको एक र्‍यालीका क्रममा यस्तो खुलाएका थिए । त्यसको केही दिनअघि मात्रै उनी चढेको विमानको आकश्मिक अवतरण गर्नु परेको थियो ।

उनले त्यो बेला भनेका थिए, ‘केही दिनअघि कर्नाटक जाँदै गर्दा म चढेको विमान एकैचोटी ८००० फिट तल आयो, लाग्यो अब सबै सकियो । त्यही बेला नै मलाई कैलाश मानसरोवर जाने कुरा दिमागमा आयो ।’तर भाजपाले भने राहुल गान्धीलाई चीनको मानिस भएको गम्भीर आरोप लगाएको छ । मानसरोवर यात्रामा निस्केका राहुल गान्धीले चिनियाँ राजदूतबाट सेरेमोनियल सि–अफ चाहेको भन्दै यसले उनको चीनसँगको सम्बन्धलाई देखाउने भाजपाका प्रवक्ता समित पात्राले आरोप लगाएका छन् ।भाजपाले ‘एडिक्सन, अबसेसन अर समथिङ्ग एल्स’ शिर्षकको भिडियो पनि बनाएको छ । भिडियोमा राहुलले चीनले गरेका प्रगतिको प्रशंसा गरेका क्लिपहरु समेटिएको छ ।

पात्राले गान्धीले यात्राको क्रममा राजनीतिक भेटघाट गर्ने आशंका पनि गरेका छन् ।

– भारतीय सञ्चारमाध्यमको सहयोगमा

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ठूला तेल उत्पादकहरूले किन आपूर्ति घटाउने निर्णय गरे?
ठूला तेल उत्पादकहरूले किन आपूर्ति घटाउने निर्णय गरे?
विशेष सुरक्षाबलको कारबाहीमा १५ व्यक्ति रिहा
विशेष सुरक्षाबलको कारबाहीमा १५ व्यक्ति रिहा
बामदेव गौतमको परिवार, सहयोगी र सुरक्षाकर्मीको कोरोना टेष्ट, सबैको रिपोर्ट नेगेटिभ
संकटग्रस्त क्षेत्र पूर्वाग्रही, ठूला फार्म जोगाएर साना फार्मका कुखुरा मारिँदै ः िकसान
संकटग्रस्त क्षेत्र पूर्वाग्रही, ठूला फार्म जोगाएर साना फार्मका कुखुरा मारिँदै ः िकसान
महानगरपालिका– स्थानीय पाठ्यक्रम तयार पार्न समिति गठन
महानगरपालिका– स्थानीय पाठ्यक्रम तयार पार्न समिति गठन
अब्बल डाक्टर गुमायो नेपालले, थापाको अघिल्लो दिनको टिकट थियो
अब्बल डाक्टर गुमायो नेपालले, थापाको अघिल्लो दिनको टिकट थियो
पूर्वाञ्चलस्तरीय स्नुकर प्रतियोगिता सम्पन्न
पूर्वाञ्चलस्तरीय स्नुकर प्रतियोगिता सम्पन्न
पति पारस शाहको राम्रा र नराम्रा बानीहरुको भेद यसरी खोलिन हिमानीले !
पति पारस शाहको राम्रा र नराम्रा बानीहरुको भेद यसरी खोलिन हिमानीले !
सरकारले भन्यो ‘लकडाउन सकियो’
सरकारले भन्यो ‘लकडाउन सकियो’
दुर्गा प्रसाईं समूहले ७ ठाउँबाट प्रदर्शन गर्ने, यी हुन् रूट
दुर्गा प्रसाईं समूहले ७ ठाउँबाट प्रदर्शन गर्ने, यी हुन् रूट

तपाईंले छुटाउनुभयो कि?