किन स्मार्ट लाइसेन्स परीक्षण गराउँदै छ यातायात विभागले ?
सारांश
- काठमाडाै, १८ भदाै ।
- यातायात व्यवस्था विभागले थपिएका नयाँ स्मार्ट कार्ड (लाइसेन्स) परीक्षण गर्न बोलपत्र आह्वान गरेको छ।
- ठेकेदार कम्पनीले उपलब्ध गराएको कार्ड विभागले तोकेको मापदण्ड अनुसार भए नभएको परीक्षण गर्न बोलपत्र आह्वान गरिएको विभागका महानिर्देशक लावण्य कुमार ढकालले जानकारी दिए।
काठमाडाै, १८ भदाै । यातायात व्यवस्था विभागले थपिएका नयाँ स्मार्ट कार्ड (लाइसेन्स) परीक्षण गर्न बोलपत्र आह्वान गरेको छ। ठेकेदार कम्पनीले उपलब्ध गराएको कार्ड विभागले तोकेको मापदण्ड अनुसार भए नभएको परीक्षण गर्न बोलपत्र आह्वान गरिएको विभागका महानिर्देशक लावण्य कुमार ढकालले जानकारी दिए।‘ठेक्का गर्दा विभागले तोकेको मापदण्ड अनुसार कार्डको गुणस्तर छ की छैन भनेर अन्तर्राष्ट्रिय मान्यता प्राप्त ल्याबहरुलाई बोलपत्र आह्वान गरेका हौँ’ उनले भने।
ठेकेदार कम्पनीलाई भुक्तानी गर्नुभन्दा पहिले परीक्षण गर्नै पर्ने ढकालले स्पस्ट पारे। ‘कार्ड आउने वित्तिकै हामीले ४० प्रतिशत भुक्तानी दिनुपर्छ, त्यसपछि कार्ड परीक्षण गरेर विभागको मापदण्ड अनुसार भए मात्र पुरा भुक्तानी गर्छौँ, यो नियमित प्रकृया हो’ उनले भने।भारतको चेन्नइमा मुख्य कार्यालय रहेको मद्रास प्रिन्टर्सले गत असोजमा दोस्रो पटक कार्ड उपलब्ध गराउने जिम्मा पाएको थियो।मद्रास प्रिन्टर्सले विभागसँग ७ लाख ५० हजार स्मार्ट लाइसेन्स प्रतिगोटा ०.९७ डलरले उपलब्ध गराउने सम्झौता भएको थियो। त्यही साढे सात लाख कार्डको नमुना परीक्षण गर्न विभागले बोलपत्र आह्वान गरेको हो।
यसअघि आएका केही कार्ड प्रयोगका क्रममा चिप उप्किने जस्ता समस्या पाइएका थिए।
प्रतिक्रिया