एकजना व्यक्तिलाई फिर्ता गरेको विषयलाई लिएर प्रधानमन्त्रीको राजीनामा माग्नु हास्यास्पद: महेश बस्नेत
सारांश
- काठमाण्डौ, २० भदाै ।
- नेकपाका सांसद महेश बस्नेतले नेपाली कांग्रेसका सांसद अमरेश कुमार सिंहले राजिनामा मागेकोप्रति आपत्ति जनाएका छन् ।
- अध्यागमन विभागले एक जना व्यक्तिलाई फिर्ता गरेको विषयलाई लिएर प्रधानमन्त्रीको राजीनामा उठ्नु हास्यास्पद भएको टिप्पणी गरे ।
काठमाण्डौ, २० भदाै ।नेकपाका सांसद महेश बस्नेतले नेपाली कांग्रेसका सांसद अमरेश कुमार सिंहले राजिनामा मागेकोप्रति आपत्ति जनाएका छन् । अध्यागमन विभागले एक जना व्यक्तिलाई फिर्ता गरेको विषयलाई लिएर प्रधानमन्त्रीको राजीनामा उठ्नु हास्यास्पद भएको टिप्पणी गरे । शंकास्पद कागज देखिएर रोकिएका व्यक्तिको विषयलाई तोडमोड गरेर प्रचार प्रशार गर्ने गरिएको भन्दै उनले आपत्ती जनाएका हुन् ।
सरकार संविधानको उलंघन गर्दै स्वइच्छाचारी ढंगले चलेको भन्दै नेपाली कांग्रेसका सांसद अमरेश कुमार सिंहले प्रधानमन्त्री ओलीको राजीनामा मागेका थिए । प्रतिनिधिसभाको बुधबार बसेको बैठकको विशेष समयमा बोल्दै सांसद सिंहले संविधानको कार्यान्वयन गर्नु गराउनुपर्नेमा सरकार स्वंयम संविधान उलंघनमा सक्रिय भएकाले तत्काल राजीनामा दिनुपर्ने बताएका हुन ।
संविधानले नेपाली नागरिकलाई विनारोकतोक हिडडुल गर्ने स्वतन्त्रता दिएकोमा संविधानको उलंघन गर्दे सरकारले पुर्व लडाकु लेनिन बिष्टलाई विदेश जान रोक लगाएको उनको भनाइ थियो । सरकार स्वइच्छाचारी र निरंकुश बन्दै गईरहेको भन्दै उनले सरकारलाई निरंकुशता तर्फ जानबाट संसदले रोक्नुपर्ने बताए । मधेसीलाई कालो झण्डा देखाउने नाममा नियन्त्रणमा लिने र हत्या गर्ने काम सरकारबाट भएको भन्दै उहाँले कानुन अनुसार चल्न सरकारलाई चेतावनी दिए ।
Uddhab Karki
Magi halxan ni bekti sotantrata hanan garna milxa ra???????
Lakpa Sherpa
यसता मोदिको धोति ले राजिनामा मागने अधिकार छैना