समय अभावले मतदाता शिक्षा प्रभावकारी भएनः यादव

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक २३, २०७४
|
|
३३ पटक हेरिएको
Shares

सारांश

  • २३ कात्तिक, काठमाडौं ।
  • प्रमुख निर्वाचन आयुक्त डा.
  • अयोधीप्रसाद यादवले समय अभावका कारण मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन नसकिएको बताएका छन् ।

२३ कात्तिक, काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले समय अभावका कारण मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन नसकिएको बताएका छन् ।

विहीबार काठमाडौंमा प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक तयारीका विषयमा नेपाल सरकारका मुख्य सचिव र सचिवहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले भने समय कम भएर कारण मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन सकिएको छैन ।

उनले निर्वाचनका लागि जनशक्ति व्यवस्थापन पनि चुनौति बनेको बताए ।

उनले निर्वाचन प्रचार अभियानमा हुने अधिक खर्च नियन्त्रण गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराउँदै यसको नियन्त्रण गर्नु आयोगको मुख्य चुनौति रहेको पनि स्पष्ट पारे ।

उनले मतदातासँग उम्मेदवारहरु आफैंले आर्थिक लेनदेन गरिरहेको पाइएको उल्लेख गर्दै त्यस्ता उम्मेदवारमाथि स्पष्टिकरण लिन लागिएको पनि जनाएका छन् ।

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरितका कुनै पनि गतिविधि नगर्न सरकार, राजनीकि दल र उम्मेदवारहरुलाई सचेत गराउँदै आएको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बढिमा २५ लाख र प्रदेशसभा निर्वाचनका लागि बढीमा १५ लाख खर्च गर्न पाउने कानुनी व्यवस्था भएपनि करोडौं खर्च निर्वाचनमा हुने देखिएपछि निर्वाचन आयोग चिन्तित देखिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नयाँ बसले तोक्यो पत्रकारलाई आरक्षण सिट
नयाँ बसले तोक्यो पत्रकारलाई आरक्षण सिट
काठमाडौँमा हुनान सांस्कृतिक पोष्टर प्रदर्शनी सुरु
काठमाडौँमा हुनान सांस्कृतिक पोष्टर प्रदर्शनी सुरु
इँटा मजदूरले एकै सिजनमा रु पाँच लाखसम्म कमाउँछन्
इँटा मजदूरले एकै सिजनमा रु पाँच लाखसम्म कमाउँछन्
सुनछहरी गाउँपालिकाद्वारा आँखा केन्द्र सञ्चालन
सुनछहरी गाउँपालिकाद्वारा आँखा केन्द्र सञ्चालन
भूकम्पमा २२ घण्टापछि उद्धार गरिएका सोनिश स्कुल जान थाले
भूकम्पमा २२ घण्टापछि उद्धार गरिएका सोनिश स्कुल जान थाले
प्राकृतिक विपत्ति : प्रधानमन्त्री ओलीले भने, ‘राहत, उद्दारमा कमी आउन नदिनु’ उद्दारमा हेलिकप्टर
प्राकृतिक विपत्ति : प्रधानमन्त्री ओलीले भने, ‘राहत, उद्दारमा कमी आउन नदिनु’ उद्दारमा हेलिकप्टर
कान्तिपुर दैनिक, नागरिक दैनिक र अन्नपूर्ण पोष्ट पत्रिकामा अागाे दन्कियाे !
कान्तिपुर दैनिक, नागरिक दैनिक र अन्नपूर्ण पोष्ट पत्रिकामा अागाे दन्कियाे !
नयाँ खिम्ती सवस्टेसनको क्षमता वृद्धि, अब विद्युत् खेर नजाने
नयाँ खिम्ती सवस्टेसनको क्षमता वृद्धि, अब विद्युत् खेर नजाने
माघ १९ गते सोमवारको राशिफल यस्तो छ
माघ १९ गते सोमवारको राशिफल यस्तो छ
जोखिममा रहेका सिन्धुपाल्चोकका बस्ती स्थानान्तरण गर्न ३२ करोड लाग्ने
जोखिममा रहेका सिन्धुपाल्चोकका बस्ती स्थानान्तरण गर्न ३२ करोड लाग्ने

तपाईंले छुटाउनुभयो कि?