चुनाव सार्ने देउवाका सबै प्रयासहरु असफल भए: ओली
सारांश
- ओलीले भने- उहाँका प्रयासहरु असफल भए ।
- उहाँले आफ्ना सहयात्रीहरुलाई अदालत धाउन लगाउनेदेखि मतपत्र छाप्न नभ्याउनेसम्मका अनेक समस्या खडा गर्नुभयो ।
- त्यो समस्या लिएर अदालतमा पठाउने लगायतका तमासा पनि गर्नुभयो, तर हामीले चुनाव बाहेक अरु कुरामा ध्यान दिएनौं ।
ओलीले भने- उहाँका प्रयासहरु असफल भए । उहाँले आफ्ना सहयात्रीहरुलाई अदालत धाउन लगाउनेदेखि मतपत्र छाप्न नभ्याउनेसम्मका अनेक समस्या खडा गर्नुभयो । त्यो समस्या लिएर अदालतमा पठाउने लगायतका तमासा पनि गर्नुभयो, तर हामीले चुनाव बाहेक अरु कुरामा ध्यान दिएनौं ।
ओलीले चु्नावको बेला सयौं ठाउँमा बम पड्काएर व्यक्तिको हत्या तथा उम्मेदवार घाइते हुँदा पनि सरकारले बम कसले हानेको हो भनेर अहिलेसम्म भन्न नसकेको बताए । उनले भने- चुनाव भाँड्नकै लागि बमकाण्डको रचना भएको आशंका छ । सयौं बम पड्किए तर सरकार कसले बम पड्कायो भन्न सक्दैन, दोषी को हो सरकार भन्दैन ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया