प्रधानमन्त्री देउवा एकाबिहानै बालुवाटार सरे,,

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ ५, २०७४
|
|
२० पटक हेरिएको
Shares
प्रधानमन्त्री देउवा एकाबिहानै बालुवाटार सरे,,

सारांश

  • ,काठमाडौं ।
  • प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सरेका छन् ।
  • गत जेठ २३ गते प्रधानमन्त्रीमा निर्वाचित भएपछि पनि बूढानीलकण्ठस्थित आफ्नै निजी निवासमा बस्दै आएका देउवा आज बिहान बालुवाटार सरेको पारिवारिक स्रोतले जनाएको छ ।

,काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सरेका छन् । गत जेठ २३ गते प्रधानमन्त्रीमा निर्वाचित भएपछि पनि बूढानीलकण्ठस्थित आफ्नै निजी निवासमा बस्दै आएका देउवा आज बिहान बालुवाटार सरेको पारिवारिक स्रोतले जनाएको छ ।

प्रधानमन्त्री देउवालाई सरकारी निवास सर्न ज्योतिषीले आज बिहान ५ः२२ बजेको उत्तम साइत जुराइदिएपछि सोहीअनुसार नै उनी बिहानै पूजापाठ गरी सरेका हुन् । जेठ २४ गते प्रधानमन्त्री पदको शपथ पनि उनले ज्योतिषीले जुराइदिएको साइतको समयमा नै लिएका थिए ।

बिहान सरकारी निवासमा प्रधानमन्त्री देउवालाई कर्मचारीले स्वागत गर्नुका साथै भवनको साँचो हस्तान्तरण गरेका थिए । सो अवसरमा उनको सम्मानमा नेपाली सेनाले सलामी अर्पण गरेको थियो ।

प्रधानमन्त्री देउवाको शपथ समारोहकै दिनदेखि तत्कालीन प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निजी निवास सरेपछि बालुवाटारको सरकारी निवास खाली थियो । यस अवधिमा सहरी विकास तथा भवन निर्माण विभागले उक्त सरकारी निवासको मर्मत सम्भार एवम् रङरोगन गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धेरैलाई थाहा नभएको नरदेवीको आयुर्वेद चिकित्सालय, शतवार्षिकी मनाइँदै
धेरैलाई थाहा नभएको नरदेवीको आयुर्वेद चिकित्सालय, शतवार्षिकी मनाइँदै
पुट्ट पेट बढ्यो, घटाउन अपनाउनुहोस् यी १० घरेलु उपाय
पुट्ट पेट बढ्यो, घटाउन अपनाउनुहोस् यी १० घरेलु उपाय
मलेसियामा मानसिक सन्तुलन गुमेपछि…
मलेसियामा मानसिक सन्तुलन गुमेपछि…
शीतलनिवास पुग्दा ज्ञानेन्द्रले सम्झिए आफ्नो विवाह
शीतलनिवास पुग्दा ज्ञानेन्द्रले सम्झिए आफ्नो विवाह
दबाब र प्रभावमा परेर काम नगर्न स्वास्थ्य मन्त्री गिरीको निर्देशन
दबाब र प्रभावमा परेर काम नगर्न स्वास्थ्य मन्त्री गिरीको निर्देशन
राष्ट्रपतिद्वारा नेपाली क्रिकेट टोलीलाई बधाई
राष्ट्रपतिद्वारा नेपाली क्रिकेट टोलीलाई बधाई
राेचक: जहाँ सार्वजनिक स्थलमा खुलेआम यौन कार्य हुन्छ…
राेचक: जहाँ सार्वजनिक स्थलमा खुलेआम यौन कार्य हुन्छ…
“फेन्डशिप धमाका” आयोजना हुन २ दिन बाकी, कलाकारले सबैलाई गरे निम्तो (भिडियो सहित)
“फेन्डशिप धमाका” आयोजना हुन २ दिन बाकी, कलाकारले सबैलाई गरे निम्तो (भिडियो सहित)
राष्ट्रिय जनमोर्चाले देख्यो राजतन्त्र पूनःस्थापना हुने खतरा !
राष्ट्रिय जनमोर्चाले देख्यो राजतन्त्र पूनःस्थापना हुने खतरा !
प्रचण्डलाई विश्वासको मत दिएर गल्ति गर्यौ : शेखर कोईराला
प्रचण्डलाई विश्वासको मत दिएर गल्ति गर्यौ : शेखर कोईराला

तपाईंले छुटाउनुभयो कि?