शीतलनिवास पुग्दा ज्ञानेन्द्रले सम्झिए आफ्नो विवाह

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ ३, २०७३
|
|
१९० पटक हेरिएको
Shares
शीतलनिवास पुग्दा ज्ञानेन्द्रले सम्झिए आफ्नो विवाह

सारांश

  • पूर्वराजा ज्ञानेन्द्र शाहले आज राष्ट्रपति भवन शीतल निवास पुग्दा आफ्नो ४७ वर्ष पुरानो विहेको सम्झना गरेका छन् ।
  • उनको विसं २०२७ मा शीतल निवासबाटै कोमल राज्यलक्ष्मीसँग विवाह भएको थियो ।
  • राष्ट्रपति विद्यादेवी भण्डारीको छोरी निशाकुशुमको विवाहकाे निम्ता मान्न शीतल निवास पुगेका ज्ञानेन्द्रले राप्रपा नेताहरुसँगको भेटमा आफ्नो विवाहको सम्झना गरेका हुन् ।

पूर्वराजा ज्ञानेन्द्र शाहले आज राष्ट्रपति भवन शीतल निवास पुग्दा आफ्नो ४७ वर्ष पुरानो विहेको सम्झना गरेका छन् । उनको विसं २०२७ मा शीतल निवासबाटै कोमल राज्यलक्ष्मीसँग विवाह भएको थियो ।


राष्ट्रपति विद्यादेवी भण्डारीको छोरी निशाकुशुमको विवाहकाे निम्ता मान्न शीतल निवास पुगेका ज्ञानेन्द्रले राप्रपा नेताहरुसँगको भेटमा आफ्नो विवाहको सम्झना गरेका हुन् ।
सोमबार मध्यान्ह १२ बजेर ३४ मिनेट जाँदा शीतल निवास प्रवेश गरेका उनी बरबधुलाई आशिर्वाद दिएपछि राप्रपा नेताहरु बसेको टेबुलमा पुगेका थिए । जाँदा जाँदै उनलाई कालोचिया टक्र्याइएको थियो । लगत्तै सुरु भयो राप्रपा नेताहरुसँगको भलाकुृसारी ।
सो भलाकुसारीमा राप्रपाका अध्यक्ष कमल थापा, राष्ट्रिय अध्यक्ष पशुपति शमशेर राणा, लोकेन्द्र बहादुर चन्दलगायत सहभागि रहेका थिए ।
विवाहको कार्यक्रममा सहभागि पूर्वराजाले राप्रपा नेताहरुको अगाडि आफ्नो विवाहको प्रसंग कोट्याए । भलाकुसारीका क्रममा शाहले आफ्नो शीतलनिवासबाटै ४७ वर्षअघि बिहे भएको स्मरण गरेका थिए । भेटमा सहभागि राप्रपाका एक नेताले पूर्वराजाको भनाई उदृत गर्दै भने, ‘आज भन्दा ५० वर्ष अघि मेरो पनि यहीँबाट विहे भएको हो । आज ति दिन याद आए ।’

यसबाहेक पूर्वराजा र नेताहरुबीच थोरै देशको समसामयिक अवस्थाका र धेरै समय पारिवारिक विषयमा कुराकानी केन्द्रीत भएको राप्रपा निकट स्रोतले रातोपाटीलाई जानकारी दियो ।
पूर्वराजाले शीतल निवासमा राष्ट्रकवि माधव घिमिरेसँग समेत भलाकुसारी गरेका थिए तर अहिलेका मुलधारमा रहेका नेताहरुसँग भने खासै भेटघाट नभएको स्रोतको दाबी छ ।
शीतल निवासमा करीब २० मिनेट रहेर उनी बाहिरिएका थिए ।
स्मरण रहोस् पूर्वराजाको विवाह भएको शीतल निवासमा गणतन्त्र पछि राष्ट्रपतिको वासस्थानको व्यवस्था मिलाइएको थियो ।
शीतल निवास भने राणा प्रधानमत्री चन्द्र शमशेरले बनाएका थिए भने सन् १९४८ सालमा चन्द्रको कान्छा छोरा कृष्ण शमशेरले सरकारलाई हस्तान्तरण गरेका थिए ।

हस्तान्तरण पछि त्यहाँ ‘शाही समारोह’का साथै नेपाल सरकारले राजकीय भ्रमणको रुपमा आउने पाहुनालाई वासस्थानको व्यवस्था मिलाइने गरिन्थ्यो । पछि शीतल निवासमा परराष्ट्र मन्त्रालय पनि रह्यो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

साउदी अरब र पुटिनको प्रेम सम्बन्धको अर्थ के हो?
साउदी अरब र पुटिनको प्रेम सम्बन्धको अर्थ के हो?
प्रधानमन्त्रीको संसदमा सम्वोधन–चिहानबाट हड्डी फुकेर संस्था ब्युँताउने सपना नदेख्न चेतावनी
प्रधानमन्त्रीको संसदमा सम्वोधन–चिहानबाट हड्डी फुकेर संस्था ब्युँताउने सपना नदेख्न चेतावनी
सत्ताबाट हटाउने प्रयास विफल पार्न ओलीले तयार गरेका यी अस्त्र
स्थानीय तहको चुनावबाट निर्वाचित जनप्रतिनिधिको ५ वर्षे कार्यकाल इतिहासमा उल्लेखनीय हुनुपर्छ – केपी शर्मा ओली
स्थानीय तहको चुनावबाट निर्वाचित जनप्रतिनिधिको ५ वर्षे कार्यकाल इतिहासमा उल्लेखनीय हुनुपर्छ – केपी शर्मा ओली
प्रचण्ड एकपटक पनि पुगेका छैनन् गणनास्थलमा !
प्रचण्ड एकपटक पनि पुगेका छैनन् गणनास्थलमा !
विस्फोटमा पाँच जना पत्रकारको मृत्यु
विस्फोटमा पाँच जना पत्रकारको मृत्यु
सहिद
सहिद
प्रधानमन्त्रीद्वारा निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल
प्रधानमन्त्रीद्वारा निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल
आज क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ हुँदै
आज क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ हुँदै
मुलुकको अहित गर्छ भनेर हाम्रो प्रधानमन्त्रीज्यूलाई कसैले नसोचेपनि हुन्छ: सोमप्रसाद पाण्डे
मुलुकको अहित गर्छ भनेर हाम्रो प्रधानमन्त्रीज्यूलाई कसैले नसोचेपनि हुन्छ: सोमप्रसाद पाण्डे