हुम्लाका विद्यालयमा पुस्तकालयको लागि काठमाडौ फुटसल प्रतियोगिता

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र २५, २०७५
|
|
२० पटक हेरिएको
Shares

सारांश

  • हुम्ला, २५ भदाै ।
  •   काठमाण्डौंमा रहेका जोशिला युवाको सक्रियतामा हुम्लाको सर्केगाड गाउँपालिका वडा नं ८ मा रहेको निलकण्ठ आधारभूत विद्यालय, फुचाको पुस्तकालय सहयोगको लागि काठमाण्डौंमा फुटसल प्रतियोगिताको आयोजना गरिने भएको छ ।
  • कर्णाली र देशभरमा युवाको सहभागिता रहने फुटसलबाट प्राप्त हुने सबै रकम विद्यालयको पुस्तकालय स्थापना गर्नको लागि खर्चिने आयोजकले जानकारी गराएका छन् ।

हुम्ला, २५ भदाै ।  काठमाण्डौंमा रहेका जोशिला युवाको सक्रियतामा हुम्लाको सर्केगाड गाउँपालिका वडा नं ८ मा रहेको निलकण्ठ आधारभूत विद्यालय, फुचाको पुस्तकालय सहयोगको लागि काठमाण्डौंमा फुटसल प्रतियोगिताको आयोजना गरिने भएको छ । कर्णाली र देशभरमा युवाको सहभागिता रहने फुटसलबाट प्राप्त हुने सबै रकम विद्यालयको पुस्तकालय स्थापना गर्नको लागि खर्चिने आयोजकले जानकारी गराएका छन् ।

यहि महिनाको २७ गते सम्म टिम दर्ता गर्न समय दिईएको र हाल सम्म १७ भन्दा बढी टिमले दर्ता गराईसकेको फुचा काठमाण्डौं सम्पर्क मञ्चका अध्यक्ष हरि बुढाथोकीले जानकारी गराएका छन् । खेलमा कर्णाली लगायत देशभरका युवा क्लवको सहभागिता रहने आयोजकले जनाएका छन् । खेल भाद्र ३० गते जोरपाटी नयाँबस्तीमा रहेको ब्राईडजोन ईन्टरनेसनल स्कुलको खेलमैदानमा हुने भएको छ । खेलमा सहभागि हुने समूह मध्ये प्रथम हुनेलाई नगद २० हजार सहित प्रमाणपत्र र मेड, दोस्रो हुनेलाई १० हजार नगद सहित प्रमाणपत्र र तेस्रो हुने समूहलाई नगद ५ हजार सहित प्रमाणपत्र हुने बुढाथोकीले बताउनु भयो । खेलमा दर्ता शुल्क ५ सय, फारम शुल्क १ सय र कार्डको लागि धरौटी रकम ५ सय व्यवस्थ गरिएको छ ।

हुम्लाका विद्यालयमा पुस्तकको अभावमा असल शिक्षा लिन नपाउने अवस्था नहोस भन्नको लागि काठमाण्डौंमा रहेका युवाको सक्रियतामा यो प्रतियोगिता हुन लागेको हरि बुढाथोकीले बताउनु भयो । आगामी दिनमा पनि हुम्लाको विद्यालयको स्तरउन्नती र शिक्षाको लागि सँधै लागि पर्ने उहाँको भनाई रहेको छ । हाल हुम्लाका अधिकाँश विद्यालयमा पुस्तकालय नहुँदा नेपाल सरकारले निःशुल्क उपलव्ध गराउने पाठ्यपुस्तक बाहेक अन्य पाठ्यसामग्री अभावमा विद्यार्थीले शिक्षा लिईरहेका छन् । पुस्तकालय भन्ने कस्तो हुन्छ भन्ने नै अवधारणा विना विद्यालय शिक्षा लिन बाध्य रहेका विद्यार्थीको लागि यो काम अति नै फलदायक हुने देखिएको छ । हाल निलकण्ठ आधारभूत विद्यालयमा १ सय ४५ जना बालबालिकाले नियमित शिक्षा लिईरहेको छन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नक्कली शरर्णार्थी प्रकरणः अझै १०-११ जना ‘हाइप्रोफाईल’ पक्राउ पर्न सक्ने प्रहरीको भनाइ
नक्कली शरर्णार्थी प्रकरणः अझै १०-११ जना ‘हाइप्रोफाईल’ पक्राउ पर्न सक्ने प्रहरीको भनाइ
सार्वजनिक स्थानमा हुने यौनजन्य क्रियाकलापविरुद्ध अभियान शुरु
सार्वजनिक स्थानमा हुने यौनजन्य क्रियाकलापविरुद्ध अभियान शुरु
चर्चित गायिका मन्जु पौडेल र सन्तु  थापा को स्वर  नाइनाइ भन्छ मायाले  (भिडियो सहित) हेर्नुहोस्.
चर्चित गायिका मन्जु पौडेल र सन्तु थापा को स्वर नाइनाइ भन्छ मायाले (भिडियो सहित) हेर्नुहोस्.
Considering About Get a Vietnamese Partner at vietnamesewomen. org? 15 Causes So why It really is Time To Cease!
अबको चुनावमा राप्रपालाई उत्साहजनक परिणाम प्राप्त हुने ः अध्यक्ष थापा
अबको चुनावमा राप्रपालाई उत्साहजनक परिणाम प्राप्त हुने ः अध्यक्ष थापा
राहदानी विभागको जिम्मा लिएको उच्च तहका प्राविधिक नेपाल आउंदै
राहदानी विभागको जिम्मा लिएको उच्च तहका प्राविधिक नेपाल आउंदै
बैशाख १४ गते मंगलवारको राशिफल यस्तो छ
बैशाख १४ गते मंगलवारको राशिफल यस्तो छ
प्रदर्शनमा सहभागि हुन कांग्रेस सभापति देउवाको आग्रह
प्रदर्शनमा सहभागि हुन कांग्रेस सभापति देउवाको आग्रह
अवैध लागूऔषध चरेससहित चारजना भारतीयसहित ७ जनालाई  सशस्त्र प्रहरी बल वेसक्याम्प हेटौडाद्वारा पक्राउ
अवैध लागूऔषध चरेससहित चारजना भारतीयसहित ७ जनालाई सशस्त्र प्रहरी बल वेसक्याम्प हेटौडाद्वारा पक्राउ
भारतीय सैनिकको ज्यान जानेगरी भएको घटनामा आफु जिम्मेवार नभएको चीनको दावी
भारतीय सैनिकको ज्यान जानेगरी भएको घटनामा आफु जिम्मेवार नभएको चीनको दावी

तपाईंले छुटाउनुभयो कि?