पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल हस्तान्तरण

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र १३, २०७८
|
|
४० पटक हेरिएको
Shares
पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल हस्तान्तरण

सारांश

  • काठमाडौं।
  • चीनले पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल नेपाललाई हस्तान्तरण गरेको छ ।
  • शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले परराष्ट्रमन्त्री डा नारायण खड्कामार्फत विमानस्थलको साँचो नेपाललाई हस्तान्तरण गरेका हुन् ।

काठमाडौं। चीनले पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल नेपाललाई हस्तान्तरण गरेको छ । शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले परराष्ट्रमन्त्री डा नारायण खड्कामार्फत विमानस्थलको साँचो नेपाललाई हस्तान्तरण गरेका हुन् ।
हालसम्म विमानस्थलको भौतिक प्रगति ९३ र वित्तीय प्रगति ७४ प्रतिशत रहेको छ । नेपाल सरकारले विमानस्थल निर्माणको जिम्मा चिनियाँ निर्माण कम्पनी सीएएमसीईलाई दिएको थियो । हालसम्म विमानस्थलको २ हजार ५ सय मिटर रनवे, एप्रोन, ह्यांगर, टर्मिनल भवनलगायत ठूला निर्माणका सम्पूर्ण काम सकिएका छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार विमानस्थलबाट कम्तीमा दैनिक ६ अन्तरराष्ट्रिय र ४८ आन्तरिक उडान गर्न सकिनेछ । हाल उक्त विमानस्थलबाट आन्तरिक उडान मात्र भइरहेका छन् ।
विमानस्थल चीन सरकारको सहुलियतपूर्ण २२ अर्ब ऋणमा निर्माण गरिएको हो । चीनबाट लिइएको कर्जाको ब्याजदर दुई प्रतिशत रहेको अर्थ मन्त्रालयले जानकारी दिएको छ, जुन ब्याजदर अन्य दाताबाट लिइएको भन्दा बढी रहेको भन्दै विरोध हुने गरेको छ । विमानस्थल निर्माणको ठेक्का पनि चीन सरकारकै स्वामित्वमा रहेको सीएएमसीईले पाएको थियो । [image: sher-bahadur-deuba-wang-yi.jpg]

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?