आगलागी हुँदा २६ लाख बराबरको क्षति
सारांश
- उदयपुर २५,भदौ।
- उदयपुर को कटारी नगरपालिका-१ स्थित बेलस्रोतमा गएराती बिद्युत सर्ट भई आगलागी हुँदा अन्दाजी २६ लाख बराबरको क्षति भएको छ ।
- गएराती साढे १ बजेको समयमा कटारी नगरपालिका-१ बेलस्रोत स्थित साबित्रा पोखरेलको घरमा अचानक बिधुत सर्ट भयर आगलागी भएको हो ।
उदयपुर २५,भदौ। उदयपुर को कटारी नगरपालिका-१ स्थित बेलस्रोतमा गएराती बिद्युत सर्ट भई आगलागी हुँदा अन्दाजी २६ लाख बराबरको क्षति भएको छ ।गएराती साढे १ बजेको समयमा कटारी नगरपालिका-१ बेलस्रोत स्थित साबित्रा पोखरेलको घरमा अचानक बिधुत सर्ट भयर आगलागी भएको हो ।
आगलागीबाट पोखरेलको टिनको छानो भएको २ तले घर, घर भित्र रहेका सम्पूर्ण सर-सामान र नगद २३ लाख रुपैयाँ जलेर नष्ट हुँदा अन्दाजी २६ लाख मूल्य बराबरको क्षति भएको हो ।आगलागी प्रहरी र स्थानीयवासीको सहयोगमा राती पौने ३ बजे पूर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया