महानगरका भित्री भागमा आगलागीको जोखिम

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन २३, २०७४
|
|
३१ पटक हेरिएको
Shares
महानगरका भित्री भागमा आगलागीको जोखिम

सारांश

  • ललितपुर, २३ फागुन, ललितपुर महानगरपालिकाका भित्री भागका धेरै टोल आगलागीको जोखिममा रहेका छन् ।
  • नगरका भित्रि भागमा दमकल जानसक्ने बाटो नभएकाले आगलागीको जोखिममा रहेका हुन् ।
  • चैत–वैशाखमा आगलागीका घटना बढी हुने गरेको छ ।

ललितपुर, २३ फागुन, ललितपुर महानगरपालिकाका भित्री भागका धेरै टोल आगलागीको जोखिममा रहेका छन् ।

नगरका भित्रि भागमा दमकल जानसक्ने बाटो नभएकाले आगलागीको जोखिममा रहेका हुन् । चैत–वैशाखमा आगलागीका घटना बढी हुने गरेको छ । गाडी जाने ठाउँसम्म दमकल लगेर त्यहाँबाट उता पाइप तानेर लानुपर्ने नगरप्रहरी प्रमुख कदमलाल महर्जनले बताउनुभयो । आगलागी भएको ठाउँभन्दा गाडी टाढा हुँदा दमकलले कम काम गर्छ । उहाँ भन्नुहुन्छ, “जति नजिकबाट हान्यो त्यति तीव्रगतिमा पानी हान्छ ।” बाटोबाट टाढा हुँदा पाइप मिलाएर घटनास्थलसम्म पुग्न समय लाग्ने उहाँ बताउनुहुन्छ ।

आगलागी भएको ठाउँबाट सडक टाढा हुँदा दमकलको पाइप पुग्न समय लाग्छ । घरहरुको माथिबाट पाइप व्यवस्थित गरेर लैजाँदासम्म धेरै क्षति भइसक्ने प्रमुख महर्जन बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “दमकल उतिबेला नै पुगेपनि सडक नजिकका घरभन्दा टाढाका घरमा बढी क्षति हुन्छ ।”

टोल–टोलमा पानीे ट्याङकीमा पानी जम्मा गरेर राख्ने र फायर मेसिन राख्न सके जोखिम कम गर्न सकिने उहाँ बताउनुहुन्छ । केही वर्षपहिले नागबहालमा जापानी संस्थाको सहयोगमा ट्याङकीको निर्माण र स्थानीयवासीलाई तालिम दिइएको थियो ।

उहाँ भन्नुहुन्छ, “हिउँदमा जहिलेसुकै जोखिम भएकाले हामी आफैँले यस्तो तयारी गर्न सके क्षति कम गर्न सकिन्छ ।” नगरका अधिकांश ठाउँमा चोकहरुको भित्र परम्परागतरुपमा बस्ती बसेकाले धेरै घरमा सडकभन्दा घरहरु टाढा छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रुट र बटलरले शतक बनाउँदा पनि पराजित भयो इंग्ल्याण्ड, पाकिस्तान जितको ट्रयाकमा
रुट र बटलरले शतक बनाउँदा पनि पराजित भयो इंग्ल्याण्ड, पाकिस्तान जितको ट्रयाकमा
विप्लव नेतृत्वको नेकपाका चितवन इन्चार्जको घरमा पक्राउ पूर्जी
विप्लव नेतृत्वको नेकपाका चितवन इन्चार्जको घरमा पक्राउ पूर्जी
काठमाडौं-४ : गगन–राजनको दोस्रो मुकाबिला
काठमाडौं-४ : गगन–राजनको दोस्रो मुकाबिला
धोबीखोला करिडोर निर्माण झन्डै ९६ प्रतिशत
धोबीखोला करिडोर निर्माण झन्डै ९६ प्रतिशत
यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमय दर
यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमय दर
करार अवधि सकिए पनि नेपाल फर्किन दिँदैन रोजगारदाता
सुनको मूल्य अहिलेसम्मकै उच्च, प्रतितोला ९२ हजार दुई सय
सुनको मूल्य अहिलेसम्मकै उच्च, प्रतितोला ९२ हजार दुई सय
प्रधामन्त्री ओलीको दावीः मेलम्चीको पानी काठमाडौँ आउन १ वर्ष पनि नलाग्ने
प्रधामन्त्री ओलीको दावीः मेलम्चीको पानी काठमाडौँ आउन १ वर्ष पनि नलाग्ने
मुख्यसचिव लोकदर्शन रेग्मी विदा बस्दा किन यस्ता यस्ता हल्ला चले ?
मुख्यसचिव लोकदर्शन रेग्मी विदा बस्दा किन यस्ता यस्ता हल्ला चले ?
झापामा ३०३ वटा बन्दुक म्यागजिनसहित बेवारिसे अवस्थामा भेटिए
झापामा ३०३ वटा बन्दुक म्यागजिनसहित बेवारिसे अवस्थामा भेटिए

तपाईंले छुटाउनुभयो कि?