नेपाल–बंगलादेश ‘ऊर्जा संयन्त्र’ को बैठक काठमाडौंमा

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर १७, २०७५
|
|
३२ पटक हेरिएको
Shares
नेपाल–बंगलादेश ‘ऊर्जा संयन्त्र’ को बैठक काठमाडौंमा

सारांश

  • काठमाडौं, १७ मंसिर।
  • नेपाल–बंगलादेश ‘ऊर्जा संयन्त्र’को बैठक काठमाडौंमा सुरु भएको छ।
  • बंगलादेशसँग ऊर्जा सहयोगसम्बन्धि हस्ताक्षर भएपछि त्यसलाई कार्यान्वयनमा लैजान ‘संयुक्त कार्य समूह’को पहिलो बैठक काठमाडौंको हायत होटलमा सोमबारबाट सुरु भएको हो।

काठमाडौं, १७ मंसिर। नेपाल–बंगलादेश ‘ऊर्जा संयन्त्र’को बैठक काठमाडौंमा सुरु भएको छ।
बंगलादेशसँग ऊर्जा सहयोगसम्बन्धि हस्ताक्षर भएपछि त्यसलाई कार्यान्वयनमा लैजान ‘संयुक्त कार्य समूह’को पहिलो बैठक काठमाडौंको हायत होटलमा सोमबारबाट सुरु भएको हो।

बैठकको पहिलो दिन सोमबार सहसचिव स्तरीय ‘संयुक्त कार्य दल’को बैठकको नेतृत्व नेपालको तर्फबाट उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सहसचिव दिनेशकुमार घिमिरे र बंगलादेशको तर्फबाट त्यहाँको विद्युत, उर्जा तथा खनिज स्रोत मन्त्रालयका सहसचिव शैख फैजुल अमिनले गरेका छन्। बैठकमा अन्तरदेशीय प्रशारण लाईन, विद्युत व्यापारको मोडालिटी, जलविद्युतमा बंगलादेशको लगानी, माथिल्लो कर्णालीको विद्युत खरिद र नवीकरणीय उर्जामा सहकार्य गरेर ५ वटा मुख्य एजेन्डामा छलफल हुने उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सहसचिव घिमिरेले जानकारी दिए।

बंगलादेशका विद्युत, उर्जा तथा खनिज स्रोत सहसचिव अमिनले बैठकमा नेपालको जलविद्युत क्षेत्रमा गर्ने लगानीका विषयमा विस्तुत छलफल हुने बताए।  दुवै मुलुकबीच उर्जा व्यापार र लगानीको सम्बन्धमा गरिएको सम्झौता कार्यान्वयनका लागि बैठक सुरु भएको हो। बैठकले एजेन्डा तय गरेपछि भोली पुन दुवै देशको उर्जा सचिव स्तरीय बैठकबसी त्यसलाई मूर्तरुप दिने योजना रहेको छ। गत भदौमा उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन बंगलादेश भ्रमणका गएको बेला दुई मुलुकबीच उर्जा क्षेत्रमा गर्न सकिने सहकार्यका विषयमा छलफल गर्ने समझदारी गरिएको थियो।

सोही समझदारीलाई अघि बढाउन दुई मुलुकबीचको उर्जा संयन्त्रको बैठक काठमाडौंमा सुरु भएको हो।  उर्जा संयन्त्रको बैठकमा बंगलादेशले नेपालको जलविद्युत र नेपालले बंगलादेशबाट खाना पकाउने ग्याँस खरिद गर्ने मोडालिटीका विषयमा पनि छलफल हुने उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बझाङमा भूकम्प जाने क्रम जारी, चार रेक्टर स्केलमाथिका ११ भूकम्प
बझाङमा भूकम्प जाने क्रम जारी, चार रेक्टर स्केलमाथिका ११ भूकम्प
छठपर्वको व्रत विधि सुरु, आज ‘नहाय-खाय’
छठपर्वको व्रत विधि सुरु, आज ‘नहाय-खाय’
वाम एकताबाट कम्युनिष्ट आन्दोलनले अभूतपूर्व सफलता प्राप्त गर्ने
वाम एकताबाट कम्युनिष्ट आन्दोलनले अभूतपूर्व सफलता प्राप्त गर्ने
अपाङ्गता भएका व्यक्तिको अधिकार कार्यान्वयनसम्बन्धी सङ्कल्प प्रस्ताव स्वीकृत
अपाङ्गता भएका व्यक्तिको अधिकार कार्यान्वयनसम्बन्धी सङ्कल्प प्रस्ताव स्वीकृत
सरकार उदार भएकैले प्रदेश प्रमुखहरुलाई दुई बर्ष काम गर्न दिएको : प्रचण्ड
सरकार उदार भएकैले प्रदेश प्रमुखहरुलाई दुई बर्ष काम गर्न दिएको : प्रचण्ड
सरकारको मुख्य प्राथमिकतामा कृषि
सरकारको मुख्य प्राथमिकतामा कृषि
सफल क्रिकेटरको सत्तारोहण तयारी र चुनौती
सफल क्रिकेटरको सत्तारोहण तयारी र चुनौती
शशांक कोइरालाले देउवालाई भने: तत्काल कार्यवाहक सभापति तोक्नुस्
शशांक कोइरालाले देउवालाई भने: तत्काल कार्यवाहक सभापति तोक्नुस्
पूर्व उपप्रधानमन्त्री निधिले तोकिएकै समयमा सबै तहको निर्वाचन हुने बताउनुभयो
पूर्व उपप्रधानमन्त्री निधिले तोकिएकै समयमा सबै तहको निर्वाचन हुने बताउनुभयो
पुस मसान्तसम्म कर्मचारी समायोजन हुनेः मन्त्री पण्डित

तपाईंले छुटाउनुभयो कि?