उपनिर्वाचनको पर्यवेक्षण गर्न छ संस्थालाई अनुमति

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र २९, २०७९
|
|
५५ पटक हेरिएको
Shares
उपनिर्वाचनको पर्यवेक्षण गर्न छ संस्थालाई अनुमति

सारांश

  • काठमाडौँ ।
  • निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचननका लागि छ संस्थालाई निर्वाचन पर्यवेक्षण गर्न अनुमति दिएको छ ।
  • पर्यवेक्षणका लागि निर्वाचन आयोगबाट जारी गरिएको सूचना बमोजिम पेस भएका सातवटा निवेदनमाथि निर्वाचन पर्यवेक्षण निर्देशिका, २०७९ बमोजिम छ संस्थाले आवश्यक प्रक्रिया पूरा गरेको पाइएकोले पर्यवेक्षण गर्न अनुमति दिने निर्णय भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आज विज्ञप्ति जारी गरी जानकारी दिए ।

काठमाडौँ । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचननका लागि छ संस्थालाई निर्वाचन पर्यवेक्षण गर्न अनुमति दिएको छ ।

पर्यवेक्षणका लागि निर्वाचन आयोगबाट जारी गरिएको सूचना बमोजिम पेस भएका सातवटा निवेदनमाथि निर्वाचन पर्यवेक्षण निर्देशिका, २०७९ बमोजिम छ संस्थाले आवश्यक प्रक्रिया पूरा गरेको पाइएकोले पर्यवेक्षण गर्न अनुमति दिने निर्णय भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आज विज्ञप्ति जारी गरी जानकारी दिए ।

आयोगको यही चैत २८ गतेको बैठकबाट निर्वाचन पर्यवेक्षण गर्न अनुमति प्राप्त गर्ने संस्थामा राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक), अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), सुशासन महासङ्घ नेपाल, विश्व उपभोक्ता महासङ्घ नेपाल, पूर्व न्यायाधीश फोरम नेपाल र राष्ट्र निर्माण मञ्च नेपाल छन् ।

ती संस्थाबाट सम्बन्धित निर्वाचन क्षेत्र खुलाइ सिफारिश भई आउने पर्यवेक्षक प्रतिनिधिलाई आयोगबाट तोकिएको ढाँचामा अनुमतिपत्र दिइनेछ । बारा निर्वाचन क्षेत्र नं. २, तनहुँ निर्वाचन क्षेत्र नं. १ र चितवन निर्वाचन क्षेत्र नं. २ मा उपनिर्वाचन हुँदैछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पारिवारिक झगडाको कारण एघारको हत्या
पारिवारिक झगडाको कारण एघारको हत्या
‘युनिभर्सल’ सर्टिफिकेट सहित सेन्सर पास भयो अनु शाहको ‘उफ यो मन
‘युनिभर्सल’ सर्टिफिकेट सहित सेन्सर पास भयो अनु शाहको ‘उफ यो मन
https://kingdom-con.com/Mhttps://kingdom-con.com/ohttps://kingdom-con.com/shttps://kingdom-con.com/thttps://kingdom-con.com/bhttps://kingdom-con.com/ehttps://kingdom-con.com/thttps://kingdom-con.com/ https://kingdom-con.com/Uhttps://kingdom-con.com/Zhttps://kingdom-con.com/ https://kingdom-con.com/Уhttps://kingdom-con.com/зhttps://kingdom-con.com/бhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/иhttps://kingdom-con.com/сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/аhttps://kingdom-con.com/нhttps://kingdom-con.com/ https://kingdom-con.com/бhttps://kingdom-con.com/уhttps://kingdom-con.com/кhttps://kingdom-con.com/мhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/еhttps://kingdom-con.com/рhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/кhttps://kingdom-con.com/аhttps://kingdom-con.com/зhttps://kingdom-con.com/иhttps://kingdom-con.com/нhttps://kingdom-con.com/оhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/пhttps://kingdom-con.com/рhttps://kingdom-con.com/иhttps://kingdom-con.com/лhttps://kingdom-con.com/оhttps://kingdom-con.com/жhttps://kingdom-con.com/еhttps://kingdom-con.com/нhttps://kingdom-con.com/иhttps://kingdom-con.com/еhttps://kingdom-con.com
मोरङमा निर्वाचनका लागि संयन्त्र गठन
मोरङमा निर्वाचनका लागि संयन्त्र गठन
आत्महत्या दुरुत्साहनः अबको सम्भावना पुर्पक्षका लागि थुना वा रिहा
आत्महत्या दुरुत्साहनः अबको सम्भावना पुर्पक्षका लागि थुना वा रिहा
वडामै भत्ता पाउँदा शुक्लाफाँटा नगपालिकाका ज्येष्ठ नागरिक झन्झट मुक्त !
वडामै भत्ता पाउँदा शुक्लाफाँटा नगपालिकाका ज्येष्ठ नागरिक झन्झट मुक्त !
बम्जनको आश्रममा प्रहरीको छापा
दुबईको ‘प्रो गल्फ लुब्रिकन’ अब नेपाली बजारमा
दुबईको ‘प्रो गल्फ लुब्रिकन’ अब नेपाली बजारमा
प्रधानमन्त्री प्रचण्डसँगको भेटमा सभापति लामिछानेले के भने ?
प्रधानमन्त्री प्रचण्डसँगको भेटमा सभापति लामिछानेले के भने ?
अध्यक्षद्वय ओली र दाहालबीच एक्लाएक्लै वार्ता