साझामा १ करोडको कागज कता गयो
सारांश
- काठमाडौं – साझा प्रकाशनमाथि एक करोड रुपैयाँ बराबरको कागज हिनामिना गरेको आशंकामा छानबिन भइरहेको छ।
- साझालाई चालु शैक्षिक सत्रमा ६० हजार पुस्तक छपाइका लागि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले एक करोड रुपैयाँबराबरको कागज उपलब्ध गराएको थियो।
- तर साझाले पुस्तक प्रकाशन गर्न दिएको कागजको विवरण जनक शिक्षालाई उपलब्ध गराएको छैन।
काठमाडौं – साझा प्रकाशनमाथि एक करोड रुपैयाँ बराबरको कागज हिनामिना गरेको आशंकामा छानबिन भइरहेको छ। साझालाई चालु शैक्षिक सत्रमा ६० हजार पुस्तक छपाइका लागि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले एक करोड रुपैयाँबराबरको कागज उपलब्ध गराएको थियो। तर साझाले पुस्तक प्रकाशन गर्न दिएको कागजको विवरण जनक शिक्षालाई उपलब्ध गराएको छैन। साझा र जनक शिक्षाबीच आर्थिक लेनदेन र हिसाब मिलान गर्न गठित समितिले भ्रष्टाचार आशंकामा छानबिन गरिरहेको हो। समितिमा शिक्षा मन्त्रालयका उपसचिव यादवचन्द्र निरौला, साझा प्रकाशनका होम भट्टराई र जनक शिक्षाका तिलबहादुर अधिकारी छन्।
‘विवरण उपलब्ध नभएको कागजबारे अनुसन्धान भइरहेको छ,’ उपससचिव निरौलाले भने। समितिलाई एक साताभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी तोकिएको छ। साझा प्रकाशनले एक करोड मूल्य बराबरको कागजको हिसाब बुझाउन नसकेकाले त्यस विषयमा छानबिन भइरहेको निरौलाले बताए।
आजको नागरिक दैनिकमा खबर छ ।
(Ultram)
प्रतिक्रिया