लुम्बिनी पिस हाफ म्याराथनको उपाधि दीपक र राजपुरालाई

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र २३, २०७९
|
|
४९ पटक हेरिएको
Shares
लुम्बिनी पिस हाफ म्याराथनको उपाधि दीपक र राजपुरालाई

सारांश

  • लुम्बिनी ।
  • बुद्ध जन्मस्थल लुम्बिनीमा ‘शान्ति र समृद्धिका लागि खेलकुद भन्ने’ मूल नारासहित आयोजित लुम्बिनी पिस हाफ म्याराथन प्रतियोगितामा दीपक अधिकारी र राजपुरा पछाइले प्रथम स्थान हासिल गरेका छन् ।
  • मदन भण्डारी स्पोट्र्स एकेडेमीले अन्तर्राष्ट्रिय खेलकुद दिवसका अवसरमा आज २१ किलोमिटरको हाफ म्याराथन प्रतियोगिता आयोजना गरिएको थियो ।

लुम्बिनी । बुद्ध जन्मस्थल लुम्बिनीमा ‘शान्ति र समृद्धिका लागि खेलकुद भन्ने’ मूल नारासहित आयोजित लुम्बिनी पिस हाफ म्याराथन प्रतियोगितामा दीपक अधिकारी र राजपुरा पछाइले प्रथम स्थान हासिल गरेका छन् ।

मदन भण्डारी स्पोट्र्स एकेडेमीले अन्तर्राष्ट्रिय खेलकुद दिवसका अवसरमा आज २१ किलोमिटरको हाफ म्याराथन प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगितामा पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका अधिकारीले एक घण्टा छ मिनेट दुई सेकेन्डमा लुम्बिनी वरपरको २१ किलोमिटरको दूरी पूरा गरेका थिए । प्रतियोगिता पुरुषतर्फ प्रथम भएका अधिकारीले एक लाख ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् ।

यस्तै महिलातर्फ २१ किमीको दूरी नेपाल प्रहरीका पछाइले एक घण्टा २४ मिनेट दुई सेकेन्डमा पूरा गरिन । प्रतियोगितामा महिलातर्फ प्रथम भएकी पछाइले एक लाख ५१ हजार रुपैयाँ नगद शिल्ड तथा प्रमाणपत्र पाइन् ।

प्रतियोगितामा पुरुषतर्फ एपीएफका गोपीचन्द्र पारखी एक घण्टा छ मिनेट ४६ सेकेन्डमा दूरी पूरा गर्दै द्वितीय भएका छन् । यस्तै त्रिभुवन आर्मीका मुकेश पाल एक घन्टा सात मिनेट १५ सेकेन्डमा दूरी पार गर्दै तृतीय र त्रिभुवन आर्मीकै नरेन्द्र रावल एक घण्टा सात मिनेट १५ सेकेन्डमा दूरी पार गर्दै चौथो स्थान हासिल गर्न सफल भए ।

महिलातर्फ एपीएफका विन्द्रा धान्के श्रेष्ठ एक घण्टा २६ मिनेट सात सेकेन्डमा दूरी पूरा गर्दै द्वितीय भइन् । नेपाल प्रहरीका रेखा विष्ट एक घण्टा २६ मिनेट ११ सेकेन्डमा दूरी पार गर्दै तृतीय र त्रिभुवन आर्मीका पूर्णलक्ष्मी एक घण्टा २८ मिनेट ३३ सेकेन्डमा दूरी पार गर्दै चौथो भइन् । दुवै विधामा द्वितीयले ७५ हजार रुपैयाँ र तृतीयले रु ५० हजार र तृतीयले ३० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् ।

पुरुषतर्फ त्रिभुवन आर्मीका गजेन्द्र राई पाँचौँ र महिनदेव जोशी छैटौँ, एपीएफका राजेन्द्र तामाङ सातौँ एवं त्रिभुवन आर्मीका जीतेन्द्र दनुवार आठौँ, प्रेमबहादुर बस्नेत नवौँ र टङ्क कामी १०औँ स्थान प्राप्त गर्न सफल भएका छन् ।

महिलातर्फ नेपाल प्रहरीका राममाया बुढा चौथो र एपिएफका आशा रावल, त्रिभुवन आर्मी क्लबका निर्मला केसी सातौँ एवं खुलाबाट आठौँ सुर्खेतकी विन्दु हमाल, त्रिभुवन आर्मीकी निर्मला पुन नवौँ र शारदा शाही १०औँ स्थान प्राप्त गर्न सफल भएका छन् ।

प्रतियोगितामा दुवै विधाका पाँचौँले २० हजार रुपैयाँ, छैटौँले १० हजार रुपैयाँ, सातौँले रु सात हजार, आठौँले पाँच हजार रुपैयाँ र नवौँ तथा १०औँले रु पाँच/पाँच हजार नगद पुरस्कार पाए । प्रतियोगिताका विजेतालाई अपराह्न आयोजना हुने मूल समारोहमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रमाणपत्र वितरण गर्नेछन् । प्रतियोगितामा देशभरका दुई हजार पाँच सय खेलाडी म्याराथनमा उत्रेको एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले बताए ।

प्रतियोगिताको लुम्बिनीस्थित शान्ति दीपमा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मसाल बालेर प्रमुख प्रशिक्षकलाई हस्तान्तरण गरेपछि म्याराथन प्रतियोगिता सुरु भएको थियो । मायादेवी प्रवेशद्वारबाट सुरु भएको म्याराथन पर्साचोकबाट पुनः महिलबार हुँदै दुई फन्का लगाएर निर्धारित दूरी पार गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जातीय विभेदका घटनामा मिलापत्र गर्ने क्रम बढ्दो
जातीय विभेदका घटनामा मिलापत्र गर्ने क्रम बढ्दो
संघीय सांसदसहित विभिन्न दलका नेतालाई एमालेमा प्रवेश गराउन ओली आज कपिलवस्तु आउँदै
संघीय सांसदसहित विभिन्न दलका नेतालाई एमालेमा प्रवेश गराउन ओली आज कपिलवस्तु आउँदै
बँदेलको आक्रमणबाट मृत्यु भएका परिवारलाई क्षतिपूर्ति
बँदेलको आक्रमणबाट मृत्यु भएका परिवारलाई क्षतिपूर्ति
शृंखलाबद्ध विस्फोट नरोकिएपछि सुरक्षा प्रणालीमै गम्भीर प्रश्न ?
शृंखलाबद्ध विस्फोट नरोकिएपछि सुरक्षा प्रणालीमै गम्भीर प्रश्न ?
चुनावपछि वामपन्थीको स्थायी सरकार बन्ने दावी : ओली
चुनावपछि वामपन्थीको स्थायी सरकार बन्ने दावी : ओली
तुलसीपुर उपमहानगरको बजेटमा कृषकलाई पोशाकदेखि चक्रपथ निर्माणसम्म
तुलसीपुर उपमहानगरको बजेटमा कृषकलाई पोशाकदेखि चक्रपथ निर्माणसम्म
एक सय १६ नक्कली परीक्षार्थी पक्राउ
एक सय १६ नक्कली परीक्षार्थी पक्राउ
उच्च आयात र सुस्त कारोबार: आकाशिएको सुनको मूल्यले पारेको दोहोरो प्रभाव
उच्च आयात र सुस्त कारोबार: आकाशिएको सुनको मूल्यले पारेको दोहोरो प्रभाव
उप–प्राध्यापक प्रेम चलाउने सहितका व्यक्ति प्रहरी नियन्त्रणमा
उप–प्राध्यापक प्रेम चलाउने सहितका व्यक्ति प्रहरी नियन्त्रणमा
वामदेवलाई सांसद बनाउन झलनाथको लबिङ, कुन स्थान देखे वामदेवका लागि खाली?
वामदेवलाई सांसद बनाउन झलनाथको लबिङ, कुन स्थान देखे वामदेवका लागि खाली?