केपी ओलीले नमानेपछि रोकियो प्रधानन्यायाधीश सिफारिस

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ ५, २०७४
|
|
२३ पटक हेरिएको
Shares
केपी ओलीले नमानेपछि रोकियो प्रधानन्यायाधीश सिफारिस

सारांश

  • काठमाडौं, असार ५ – प्रधानन्यायाधीश सिफारिस गर्न बसेको संवैधानिक परिषदको बैठक निष्कर्ष बिहीन भएको छ ।
  • सिंहदरबारमा बसेको परिषद बैठकको एजेण्डा भावी प्रधानन्यायाधीश सिफारी गर्ने भए पनि बैठक कुनै निर्णय नै नगरी उठेको हो ।
  • न्यायपरिषदले सिफारिस गरेका सर्वोच्चका वरिष्ठतम न्यायाधीशमध्येबाट प्रधानन्यायाधीश सिफारिस गर्ने संवैधानिक व्यवस्था छ ।

काठमाडौं, असार ५ – प्रधानन्यायाधीश सिफारिस गर्न बसेको संवैधानिक परिषदको बैठक निष्कर्ष बिहीन भएको छ । सिंहदरबारमा बसेको परिषद बैठकको एजेण्डा भावी प्रधानन्यायाधीश सिफारी गर्ने भए पनि बैठक कुनै निर्णय नै नगरी उठेको हो ।

न्यायपरिषदले सिफारिस गरेका सर्वोच्चका वरिष्ठतम न्यायाधीशमध्येबाट प्रधानन्यायाधीश सिफारिस गर्ने संवैधानिक व्यवस्था छ । एक नम्बरमा रहेका न्यायाधीशलाई संवैधानिक परिषद्ले प्रधानन्यायाधीश सिफारी गर्ने परम्परा छ । जसअनुसार कायम मुकाय प्रधानन्यायाधीश गोपाल पराजुलीलाई भावी प्रधानन्यायाधीश सिफारि गर्नुपर्ने भए पनि परिषद्का सदस्यसमेत रहेका विपक्षी दलका नेता केपी शर्मा ओलीले थप अध्ययन गर्नुपर्ने बताएपछि निर्णय हुन नसकेको हो ।

जेठ २४ गते प्रधानन्यायाधीश सुशीला कार्कीले अवकाश पाएपछि सर्वोच्च अदालत कायम मुकायमको भरमा चलेको छ । न्याय परिषदले जेठ ३० गते प्रधानन्यायाधीशका लागि योग्यता पुगेका ६ जना वरिष्ठतम न्यायाधीशको नाम संवैधानिक परिषदमा सिफारिस गरेको थियो ।

सिफारिसमा कामु प्रधानन्यायाधीश पराजुली, न्यायाधीशहरु दीपकराज जोशी, ओमप्रकाश मिश्र, चोलेन्द्रशमशेर जबरा, जगदिश शर्मा पौडेल रहनुभएको छ । सिफारिसमा पर्नुभएका देवेन्द्रगोपाल श्रेष्ठले अवकास पाइसक्नुभएको छ । संवैधानिक सिफारिसलाई संसदीय सुनुवाई समितिले अनुमोदन गरेपछि राष्ट्रपतिबाट प्रधानन्यायाधीशको नियुक्ती हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रोहिङ्ग्या शरणार्थीलाई म्यान्मार फर्काउन बङ्गलादेशको भूमिका महत्वपूर्णः आङ सान सू की
रोहिङ्ग्या शरणार्थीलाई म्यान्मार फर्काउन बङ्गलादेशको भूमिका महत्वपूर्णः आङ सान सू की
संघीय संसद्को तेस्रो अधिवेशन सोमबारदेखि
संघीय संसद्को तेस्रो अधिवेशन सोमबारदेखि
वरियता मिचिएको विषयमा खनालले प्रचण्ड र ओलीसँग जवाफ माग्ने
वरियता मिचिएको विषयमा खनालले प्रचण्ड र ओलीसँग जवाफ माग्ने
नरैनापुर अपडेटः पानीको कमीले चारजनाको मृत्यु भएको पुष्टि
नरैनापुर अपडेटः पानीको कमीले चारजनाको मृत्यु भएको पुष्टि
ग्याल्बो ल्होसारले नेपाल र नेपालीबीच पारस्परिक सम्बन्ध बढाउने छः राष्ट्रपति
ग्याल्बो ल्होसारले नेपाल र नेपालीबीच पारस्परिक सम्बन्ध बढाउने छः राष्ट्रपति
सुन तस्करी एवं सनम शाक्य हत्या प्रकरण: मुख्य अभियुक्तनेपाल ल्याँइदै
१६० सिटको नतिजा सार्वजनिक, परिणाम आउन बाँकी ५ मध्ये ३ स्थानकाे गणना जारी
१६० सिटको नतिजा सार्वजनिक, परिणाम आउन बाँकी ५ मध्ये ३ स्थानकाे गणना जारी
एमाले र माओवादी केन्द्रको तालमेल सकारात्मक ः मसाल
एमाले र माओवादी केन्द्रको तालमेल सकारात्मक ः मसाल
सिरियाद्वारा टर्कीमाथि आक्रमण, २९ सैनिक मारिए
सिरियाद्वारा टर्कीमाथि आक्रमण, २९ सैनिक मारिए
विद्युतीय रिक्सा चलाएर स्वरोजगार
विद्युतीय रिक्सा चलाएर स्वरोजगार

तपाईंले छुटाउनुभयो कि?