सुन तस्करी एवं सनम शाक्य हत्या प्रकरण: मुख्य अभियुक्तनेपाल ल्याँइदै

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन २९, २०७५
|
|
३८ पटक हेरिएको
Shares

सारांश

  • काठमाडाै, २९ असाेज ।
  • सुन तस्करी एवं सनम शाक्य हत्या प्रकरणका एक मुख्य अभियुक्त बेनु श्रेष्ठलाई दुबईबाट नेपाल ल्याइएको छ।
  •  अन्तराष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)को रेड नोटिसका आधारमा संयुक्त अरब इमिरेटस (युएई) प्रहरीले गत साउनमा पक्राउ गरेका बेनुलाई आइतबार काठमाडौं ल्याइएको हो।

काठमाडाै, २९ असाेज । सुन तस्करी एवं सनम शाक्य हत्या प्रकरणका एक मुख्य अभियुक्त बेनु श्रेष्ठलाई दुबईबाट नेपाल ल्याइएको छ। अन्तराष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)को रेड नोटिसका आधारमा संयुक्त अरब इमिरेटस (युएई) प्रहरीले गत साउनमा पक्राउ गरेका बेनुलाई आइतबार काठमाडौं ल्याइएको हो। लामो प्रयासपछि श्रेष्ठलाई पक्राउ गरेर ल्याउन प्रहरी सफल भएको हो । 

उनलाई लिन जिल्ला प्रहरी कार्यालय मोरङको टोली सोमबार काठमाडौं आउँदै छ। मोरङ प्रहरी प्रमुख एसपी मनोज केसीले बेनुलाई सोमबार काठमाडौं ल्याउन टोली पठाउने तयारी भइरहेको  जानकारी दिए। काठमाडौंकाे न्यूरोडस्थित सुन पसलका सञ्चालक रहेका बेनुले नै सनम शाक्य हत्याका मुख्य अभियुक्त टेकराज मल्ललाई तस्करीमा प्रयोग गरेका थिए। बेनुको पसलमा काम गर्ने मल्ललाई उनले नै सुन भरियाका रुपमा प्रयोग गर्न गोरेको जिम्मा लगाएकाे अनुसन्धानबाट खुलेकाे थियाे।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर हुने सुन तस्करीमा लामो समयदेखि सक्रिय रहेका बेनु दुबईमा लुकेर बसेको अवस्थामा पक्राउ परेका थिए। उनले हुण्डीमार्फत् नेपालबाट जाने रकम दुबईमा संकलन गर्थे। उनले नै भरियामार्फत् सुन नेपाल पठाउँदै आएका थिए।

दुबईमै पक्राउ परेका श्रेष्ठका व्यावसायिक साझेदार तथा चूडामणि उप्रेती ‘गोरे’का भाइ रमेश उप्रेतीलाई पनि नेपाल ल्याउने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। चूडामणि उप्रेती ‘गोरे’सहित १३ जनाविरुद्ध इन्टरपोलले वारेन्ट नोटिस जारी गरेको थियो। 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?