केपी ओलीले नमानेपछि रोकियो प्रधानन्यायाधीश सिफारिस
सारांश
- काठमाडौं, असार ५ – प्रधानन्यायाधीश सिफारिस गर्न बसेको संवैधानिक परिषदको बैठक निष्कर्ष बिहीन भएको छ ।
- सिंहदरबारमा बसेको परिषद बैठकको एजेण्डा भावी प्रधानन्यायाधीश सिफारी गर्ने भए पनि बैठक कुनै निर्णय नै नगरी उठेको हो ।
- न्यायपरिषदले सिफारिस गरेका सर्वोच्चका वरिष्ठतम न्यायाधीशमध्येबाट प्रधानन्यायाधीश सिफारिस गर्ने संवैधानिक व्यवस्था छ ।
काठमाडौं, असार ५ – प्रधानन्यायाधीश सिफारिस गर्न बसेको संवैधानिक परिषदको बैठक निष्कर्ष बिहीन भएको छ । सिंहदरबारमा बसेको परिषद बैठकको एजेण्डा भावी प्रधानन्यायाधीश सिफारी गर्ने भए पनि बैठक कुनै निर्णय नै नगरी उठेको हो ।
न्यायपरिषदले सिफारिस गरेका सर्वोच्चका वरिष्ठतम न्यायाधीशमध्येबाट प्रधानन्यायाधीश सिफारिस गर्ने संवैधानिक व्यवस्था छ । एक नम्बरमा रहेका न्यायाधीशलाई संवैधानिक परिषद्ले प्रधानन्यायाधीश सिफारी गर्ने परम्परा छ । जसअनुसार कायम मुकाय प्रधानन्यायाधीश गोपाल पराजुलीलाई भावी प्रधानन्यायाधीश सिफारि गर्नुपर्ने भए पनि परिषद्का सदस्यसमेत रहेका विपक्षी दलका नेता केपी शर्मा ओलीले थप अध्ययन गर्नुपर्ने बताएपछि निर्णय हुन नसकेको हो ।
जेठ २४ गते प्रधानन्यायाधीश सुशीला कार्कीले अवकाश पाएपछि सर्वोच्च अदालत कायम मुकायमको भरमा चलेको छ । न्याय परिषदले जेठ ३० गते प्रधानन्यायाधीशका लागि योग्यता पुगेका ६ जना वरिष्ठतम न्यायाधीशको नाम संवैधानिक परिषदमा सिफारिस गरेको थियो ।
सिफारिसमा कामु प्रधानन्यायाधीश पराजुली, न्यायाधीशहरु दीपकराज जोशी, ओमप्रकाश मिश्र, चोलेन्द्रशमशेर जबरा, जगदिश शर्मा पौडेल रहनुभएको छ । सिफारिसमा पर्नुभएका देवेन्द्रगोपाल श्रेष्ठले अवकास पाइसक्नुभएको छ । संवैधानिक सिफारिसलाई संसदीय सुनुवाई समितिले अनुमोदन गरेपछि राष्ट्रपतिबाट प्रधानन्यायाधीशको नियुक्ती हुनेछ ।
प्रतिक्रिया