पहिरोले स्कुल बगायो, बेनी बजार जोखिममा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र २८, २०७५
|
|
२३ पटक हेरिएको
Shares
पहिरोले स्कुल बगायो, बेनी बजार जोखिममा

सारांश

  • म्याग्दी, २८ भदौ ।
  • म्याग्दीको रघुगंगा नदीमा बाढी आउँदा एक विद्यालय भवन बगाएको छ ।
  • छहरी भन्ने ठाउँमा पहिरोले रघुगंगा नदी थुनेपछि बुधबार साँझ आएको बाढीले रघुगंगा गाउँपालिका ८ घ्याँसीखर्कको रितुङ माध्यमिक विद्यालयको दुईवटा भवन, शौचालय बगाएको छ ।

म्याग्दी, २८ भदौ । म्याग्दीको रघुगंगा नदीमा बाढी आउँदा एक विद्यालय भवन बगाएको छ ।
छहरी भन्ने ठाउँमा पहिरोले रघुगंगा नदी थुनेपछि बुधबार साँझ आएको बाढीले रघुगंगा गाउँपालिका ८ घ्याँसीखर्कको रितुङ माध्यमिक विद्यालयको दुईवटा भवन, शौचालय बगाएको छ ।

बाढीले घ्याँसीखर्कस्थित स्वास्थ्य चौकीसमेत बगाएको छ । ३ झोलुङ्गे पुलमा क्षति पुगेको छ । करिब २० घर रहेको घ्याँसीखर्क गाउँ नदी कटानका कारण जोखिममा परेको छ । यसैगरी माथिल्लो क्षेत्रका विभिन्न ठाउँमा गएको पहिराका साथै रघुगंगा र कालीगण्डकी नदीमा आएको बाढीले तटीय बस्तीमा क्षति पु-याएको छ ।

सदरमुकाम बेनी बजार संरक्षणका लागि कालीगण्डकी नदीको किनारमा निर्माणाधिन पक्की पर्खाल बाढीले बगाएको छ । पक्की पर्खाल बगाएर बस्तीतर्फ कटान गर्न थालेपछि बेनी बजार उच्च जोखिममा परेको छ । राहुघाटको बस्ती र बेनी जोमसोम सडक अन्तर्गतको बेलिब्रिज कटानको जोखिममा परेको छ ।

(canadianpharmacy365.net)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?