उदयपुर जिल्लामा लागूऔषध खैरो हिरोइन प्रयोगकर्ता बढदो

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र २९, २०७५
|
|
३३ पटक हेरिएको
Shares
उदयपुर जिल्लामा लागूऔषध खैरो हिरोइन प्रयोगकर्ता बढदो

सारांश

  • गाईघाट २९,भदौ।
  • लागूऔषधमा पछिल्लो समय मा धेरै गिरावट आयको उदयपुर जिल्ला मा हाल आएर लागूऔषध खाने को कमी आएको भनीएता पनी पछिल्लो समय मा यहाँ का दुर्व्यसनी हरु,खोकीको दबाई डाईलेक्स,कोरेक्स हरु मा धमाधम पक्राउ पर्न थालेपछी अहीले तेस्रो बाटोमा लागेका छन, खोकीको दबाई मा भारतीय सिमा बाट नै चेकजाच मा कडाई भएपछी अहिले   लागूऔषध खैरो हेरोइन को प्रयोगकर्ता बढदै गएका छन।
  • जिल्ला प्रहरी कार्यलय उदयपुर का डीएपी मेघराज अधिकारी का अनुसार पछिल्लो समय मा हामीले लागूऔषध ब्यापारी र सेबनकर्ता लाई धमाधम पक्राउपछि अहिले उनीहरु त्यो भन्दा अर्को बाटो अपनायर लागूऔषध खैरो हिरोइन प्रयोग गरीरहेको सूचना आफुहरुले पाएको र जिल्ला प्रहरी कार्यलय ले आवश्यक योजना बनाईरहेको ले अब आफु हरु कडा रुपमा प्रस्तुत हुने उनले जनाए.

गाईघाट २९,भदौ।लागूऔषधमा पछिल्लो समय मा धेरै गिरावट आयको उदयपुर जिल्ला मा हाल आएर लागूऔषध खाने को कमी आएको भनीएता पनी पछिल्लो समय मा यहाँ का दुर्व्यसनी हरु,खोकीको दबाई डाईलेक्स,कोरेक्स हरु मा धमाधम पक्राउ पर्न थालेपछी अहीले तेस्रो बाटोमा लागेका छन, खोकीको दबाई मा भारतीय सिमा बाट नै चेकजाच मा कडाई भएपछी अहिले   लागूऔषध खैरो हेरोइन को प्रयोगकर्ता बढदै गएका छन।

जिल्ला प्रहरी कार्यलय उदयपुर का डीएपी मेघराज अधिकारी का अनुसार पछिल्लो समय मा हामीले लागूऔषध ब्यापारी र सेबनकर्ता लाई धमाधम पक्राउपछि अहिले उनीहरु त्यो भन्दा अर्को बाटो अपनायर लागूऔषध खैरो हिरोइन प्रयोग गरीरहेको सूचना आफुहरुले पाएको र जिल्ला प्रहरी कार्यलय ले आवश्यक योजना बनाईरहेको ले अब आफु हरु कडा रुपमा प्रस्तुत हुने उनले जनाए.उनले भने ,अरु लागूऔषध को तुलनामा खैरो हेरोइन बाहिरी शहर बाट उदयपुर ल्याउन सजिलो भएको ले पनी  कारोवार गर्ने र प्रयोगकर्ता बढदै गएका हुनसक्ने जनाए।

लागूऔषध कारोवार गर्नेलाई ५ देखि १० वर्ष कैद र ५ देखि २५ हजारसम्म जरीवाना, २५ देखि १०० ग्रामसम्मलाई १० देखि १५ वर्ष कैद र ७५ हजार देखि २ लाखसम्म जरीवाना र १ हजार ग्राम माथि जतिसुकै भए पनि १५ वर्षदेखि जन्म कैद र ५ लाखदेखि २५ लाखसम्म जरिवाना हुने कानुनी व्यवस्था छ।
त्यस्तै लागूऔषध सेवन गर्नेलाई १ वर्ष कैद र १० हजार जरिवाना हुने र पटके सेवन गर्नेलाई ५ वर्ष थप सजाय हुने कानुनी व्यवस्था भएको जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?