निर्माण व्यवसायी दिपक गौतमको उमेद्द्बारी-ब्यवसायीको हित,रक्षा नै आफ्नो मुख्य योजना

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र २९, २०७५
|
|
२७ पटक हेरिएको
Shares
निर्माण व्यवसायी दिपक गौतमको उमेद्द्बारी-ब्यवसायीको हित,रक्षा नै आफ्नो मुख्य योजना

सारांश

  • काठमाडौं २९ भदौ।
  • नेपाल निर्माण ब्यवसायी महासंघको केन्द्रीय महाधिबेशन मा नेपाल निर्माण व्यवसायी महासंघको महासचिवमा निर्माण व्यवसायी दिपक गौतमले उमेद्वारीको घोषणा गरेका छन्।
  • यही असोज  ४, ५ र ६ गते हुने नेपाल निर्माण ब्यवसायी महासंघको केन्द्रीय महाधिबेशनमा हाल केन्द्रीय सदस्य रहेका गौतमले महासचिवमा उमेद्वारी दिने घोषणा गरेका छन्।

काठमाडौं २९ भदौ। नेपाल निर्माण ब्यवसायी महासंघको केन्द्रीय महाधिबेशन मा नेपाल निर्माण व्यवसायी महासंघको महासचिवमा निर्माण व्यवसायी दिपक गौतमले उमेद्वारीको घोषणा गरेका छन्।यही असोज  ४, ५ र ६ गते हुने नेपाल निर्माण ब्यवसायी महासंघको केन्द्रीय महाधिबेशनमा हाल केन्द्रीय सदस्य रहेका गौतमले महासचिवमा उमेद्वारी दिने घोषणा गरेका छन्।

“ब्यवसायीको क्षमता अनुसार निर्माण कार्यको जिम्मेवारी पाउने” कानुन बनाउन पहल गर्ने नारा सहित शुरु हुन लागेको महासंघको केन्द्रीय अधिबेशनमा आफूले महासचिवमा उमेद्वारी दिने निर्णय गरेको उनले बताए,गौतम का अनुसार महासचिवमा बिजय भएको अवस्थामा आफु ले सचिवालयको सहयोगमा देशभरिका निर्माण ब्यवसायीको डाटा लिइ अग्रज, अनुभवी ब्यवसायीहरुसँग ब्यापक अन्तक्रिया गरि सरकारसँग नीतिगत साझेदारी गरिने र आफु बीच मा पुल बनेर सबैको काम गर्ने,आफ्नो योजना रहेको बताए।

ब्यवसायीको हित रक्षा गर्न आफु सदैब अगाडी आउने र सरकार लाई पनी ब्यबसायी को सबै कुरा हरु राखेर मात्र कानुन बनाउन,सहयोग गर्ने कुरा उनले अगाडी सारे,उनले आफ्नो मुख्य कुरा भनेको  नै हाल निर्माण ब्यवसायी ले देशभरी भोग्नुपरेको समस्या मा आफ्नो मुख्य ध्यान जाने  कुरा प्रष्टयाए।उनी आफु गजुरमुखी कन्स्ट्रक्सन कम्पनीका प्रमुख हुन्। गौतमले महासचिवमा उमेद्वारी दिने घोषणा गरेसगै महासंघ को केन्द्रीय महाधिबेशनमा  रौनकता समेत थपेको छ,उनको घोषणा लाई लिएर नेपाल निर्माण ब्यवसायी महासंघको केन्द्रीय महाधिबेशन  रौनकता साथ सम्पन्न हुने धेरै निर्माण ब्यबसायी को भनाई रहेको छ। 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?