सुली मिसाएर माछा सखाप पार्नेलाई ४० लाख रुपियाँ र लाख माछा क्षतिपूर्ति

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन १, २०७५
|
|
२८ पटक हेरिएको
Shares
सुली मिसाएर माछा सखाप पार्नेलाई ४० लाख रुपियाँ र लाख माछा क्षतिपूर्ति

सारांश

  • काठमाडौं ।
  • आँधीखोलामा सुली मिसाएर माछा सखाप पार्ने खिलुङ कालिका एग्रो फर्मलाई ४० लाख रुपियाँसहित १ लाख माछाका भुरा छोड्नुपर्नेगरी कार्वाही भएको छ ।
  • सुली मिसाएर माछा मारेको झन्डै पाँच महिनापछि एग्रो फर्मलाई जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जरिवाना र क्षतिपूर्ति सुनाएको छ।

काठमाडौं । आँधीखोलामा सुली मिसाएर माछा सखाप पार्ने खिलुङ कालिका एग्रो फर्मलाई ४० लाख रुपियाँसहित १ लाख माछाका भुरा छोड्नुपर्नेगरी कार्वाही भएको छ ।

सुली मिसाएर माछा मारेको झन्डै पाँच महिनापछि एग्रो फर्मलाई जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जरिवाना र क्षतिपूर्ति सुनाएको छ। गत बैशाख २१ गते राति कालिका एग्रोले आँधीखोलामा सुली मिसाएपछि खोलाका सबै माछा मरेका थिए ।

जिल्ला प्रशासन कार्यालय स्याङ्जाका अनुसार एग्रो फर्मलाई ४० लाख रुपैंया क्षतिपूर्ति तिर्नुपर्ने छ भने माछाका भुरा आँधीखोलामा छोड्नुपर्ने निर्णय गरेको छ । यो निर्णयसँगै एग्रो फर्मले लोपोन्मुख जातका सहर, कत्ले, ठेडामाछा, गर्दी, हाडे, राजाबाम र रेवा जातका ५०/५० हजार माछाका भुरा आँधीखोलामा छाड्नुपर्ने पर्नेछ भने तीन वर्षसम्म आँधीखोलाको रेखदेख गर्नुपर्नेछ।

जिल्ला प्रशासन कार्यालय स्याङ्जाका अनुसार ४० लाख क्षतिपूर्ति मध्ये २० लाख गल्याङ नगरपालिका र २० लाख कालीगण्डकी गाउँपालिकालाई दिनुपर्नेछ। गल्याङ नगरपालिकाले भने पहिल्यै २० लाख रुपैया फोहोर व्यवस्थापनको नाममा लिइसकेको छ। 

माछा प्रभावित क्षेत्रमा चिसापानी मत्स्य विकास केन्द्र र कालीगण्डकी मत्स्य ह्याचरी बेल्टारीको प्रत्यक्ष रोहवर, समन्वय र नेतृत्वमा माछाका भुरा छाड्नुपर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्रोत नखुलेको दुई करोड ३० लाख रकमसहित चार जना पक्राउ
स्रोत नखुलेको दुई करोड ३० लाख रकमसहित चार जना पक्राउ
अझै चार दिनसम्म लूको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह
अझै चार दिनसम्म लूको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह
प्रमुख निर्वाचन आयुक्तको अपीलः मौन समयमा परिवारजनलाई मतदान गर्ने तरिका सिकाउनोस्
प्रमुख निर्वाचन आयुक्तको अपीलः मौन समयमा परिवारजनलाई मतदान गर्ने तरिका सिकाउनोस्
आजको राशिफल
आजको राशिफल
सरकारले  कल सेन्टर सुरु गर्दै सर्वसाधारणको गुनासो अब सिधै प्रधानमन्त्री र मुख्यसचिवले सुनुवाई गर्ने
सरकारले कल सेन्टर सुरु गर्दै सर्वसाधारणको गुनासो अब सिधै प्रधानमन्त्री र मुख्यसचिवले सुनुवाई गर्ने
कृष्ण सेन ईच्छुकको १६औँ स्मृतिमा प्रभातफेरी कार्यक्रम
कृष्ण सेन ईच्छुकको १६औँ स्मृतिमा प्रभातफेरी कार्यक्रम
मनास्लु क्षेत्रमा अहिलेसम्मकै धेरै पर्यटक
मनास्लु क्षेत्रमा अहिलेसम्मकै धेरै पर्यटक
विश्व कीर्तिमानी लाक्पा देन्डीको संघर्ष र सफलता समेट्दै पुस्तक ‘हिमालयन म्याभरीक’ सार्वजनिक
विश्व कीर्तिमानी लाक्पा देन्डीको संघर्ष र सफलता समेट्दै पुस्तक ‘हिमालयन म्याभरीक’ सार्वजनिक
१९औँ एसियाली खेलकुद : महिला फुटबलमा नेपालले आज जापानसित खेल्ने
१९औँ एसियाली खेलकुद : महिला फुटबलमा नेपालले आज जापानसित खेल्ने
प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्थाबारे फेरि बहस
प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्थाबारे फेरि बहस

तपाईंले छुटाउनुभयो कि?