आईएसद्वारा नयाँ नेता घोषणा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक १५, २०७६
|
|
३३ पटक हेरिएको
Shares
आईएसद्वारा नयाँ नेता घोषणा

सारांश

  • बीबीसी ।
  • इस्लामिक स्टेट (आईएस) ले अबु बकर अल–बग्दादी मारिएको पुष्टि गर्दै उनका उत्तराधिकारी घोषणा गरेको छ।
  •  आईएसको समाचार एजेन्सी अमाकद्वारा सार्वजनिक एउटा अडिओ टेपमा जनाइए अनुसार अबु इब्राहिम अल–हाशेमी अल–कुरैशी नयाँ नेता घोषित गरिएका छन्।

बीबीसी । इस्लामिक स्टेट (आईएस) ले अबु बकर अल–बग्दादी मारिएको पुष्टि गर्दै उनका उत्तराधिकारी घोषणा गरेको छ। आईएसको समाचार एजेन्सी अमाकद्वारा सार्वजनिक एउटा अडिओ टेपमा जनाइए अनुसार अबु इब्राहिम अल–हाशेमी अल–कुरैशी नयाँ नेता घोषित गरिएका छन्।

अमेरिकी विशेष फौजको कारबाहीमा गत शनिवार अल–बग्दादी सिरियामा मारिएका थिए। एउटा छुट्टै कारबाहीमा अक्टोबर २७ तारिखमा समूहका प्रवक्ता अबु अल–हसन अल–मुजाहिर मारिएको पनि आईएसले पुष्टि गरेको छ।

आईएसले सन् २०१४ मा इराक र सिरियाका ठूलो भूभागमाथि कब्जा गरेपछि अल-बग्दादी समूहका नेता घोषणा गरिएका थिए। हाशेमी अन्तर्रा्ष्ट्रिय सुरक्षा फौजहरूका लागि परिचित नाम होइन र लडाइँको प्रयोजनका लागि कतिपय लडाकुले राख्ने नाम हुन सक्ने ठानिएको छ।

आईएसले आफ्ना नयाँ नेताबारे न विस्तृत विवरण नै सार्वजनिक गरेको छ न त कुनै तस्वीर नै सार्वजनिक गरेको छ। तर उसले आफ्ना नयाँ नेता पश्चिमाहरूविरुद्ध लडाइँ गरेका एक अनुभवी जिहादी लडाकु भएको दाबी गरेको छ।

आईएसका नेता अल–बग्दादी विश्वका सबैभन्दा खोजी गरिएका व्यक्ति ठानिन्थे। सन् २०११ को अक्टोबरमा अमेरिकाले बग्दादीलाई आधिकारिक रूपमा आतङ्ककारी तोक्दै उनको पक्राउ वा मृत्यु हुने गरी कसैले सूचना दिएमा एक करोड डलरको पुरस्कार घोषणा गरेको थियो।

बग्दादी एक अत्यन्तै व्यवस्थित र क्रूर विद्रोही योद्धाका रूपमा कुख्यात थिए। सन् १९७१ मा बग्दादको उत्तरस्थित समरामा उनको जन्म भएको थियो। अमेरिकाले सन् २००३ मा इराकमा अतिक्रमण गर्दा ताका बग्दादी त्यहीको एक मस्जिदमा धर्मगुरु भएको बताइन्छ।

कतिपयका अनुसार सद्दाम हुसैनको शासन ताका नै बग्दादी विद्रोही जिहादी भइसकेका थिए। अरूका भनाइमा चाहिँ दक्षिण इराकस्थित अमेरिकी शिविर क्याम्प बुक्कामा चार वर्ष बन्दी बनाइएपछि बग्दादी कट्टरपन्थी भएर निस्किए।

सो शिविरमा कैयौँ अल(कायदा कमाण्डरहरूलाई राखिएको थियो। सन् २०१० मा बग्दादी इराकमा अल कायदाको नेताका रूपमा उदाए। आईएसमा पछि सो समूह समाहित भएको थियो। सिरियाको अल(नुसरा गुटसँग जोडिने प्रयास भइरहेका बेला बग्दादी सङ्गठनको उच्च नेतृत्वमा उदाए।

यसै वर्षको शुरूमा आईएसले बग्दादी भनेर चिनाउँदै एउटा भिडिओ सार्वजनिक गरेको थियो। त्योभन्दा अगाडि सन् २०१४ देखि नै बग्दादीलाई यसरी सार्वजनिक देखिएको थिएन। त्यतिखेर बग्दादीले मोसुलमा बोल्दै सिरिया र इराकका भूभाग समेटेर क्यालिफेट निर्माणको घोषणा गरेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?