छाडा, अश्लील खालका वेभसाइट बन्द हुने

Shikharkhabar Shikharkhabar
|
शनिबार, आश्विन ६, २०७५
|
|
३६ पटक हेरिएको
Shares
छाडा, अश्लील खालका वेभसाइट बन्द हुने

सारांश

  • काठमाडौं – सरकारले अबदेखि छाडा, यौनजन्य अश्लील खालका सामग्री राखिका वेभसाइट बन्द गराउने भएको छ ।
  • इन्टरनेटको माध्यमबाट यौनजन्य अश्लील सामग्री आदानप्रदान, प्रकाशन र प्रशारणमाथि बन्देज लगाउने भएको हो।
  • सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले एक प्रेस विज्ञप्ति सार्वजनिक गर्दै त्यस्ता वेबसाइट बन्द गराउन नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको जनाएको छ ।

काठमाडौं – सरकारले अबदेखि छाडा, यौनजन्य अश्लील खालका सामग्री राखिका वेभसाइट बन्द गराउने भएको छ । इन्टरनेटको माध्यमबाट यौनजन्य अश्लील सामग्री आदानप्रदान, प्रकाशन र प्रशारणमाथि बन्देज लगाउने भएको हो।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले एक प्रेस विज्ञप्ति सार्वजनिक गर्दै त्यस्ता वेबसाइट बन्द गराउन नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको जनाएको छ ।

विकृतिका कारण नेपाली समाजका मूल्य मान्यतामा समेत खलल पुराएको भन्दै सरकारले त्यस्ता साइट बन्द गर्ने भएको हो ।

मुलुकी अपराध संहिता ऐन, २०७४ को दफा २१ तथा अन्य प्रचलित काननु बमोजिम अश्लील सामग्रीहरुको प्रकाशन र प्रशारणमा बन्देज लगाएको जनाएको छ ।

समाजमा यौनजन्य हिंसा तथा विकृति बढ्न थालेको भन्दै त्यस्ता वेभसाइट बन्द गराउने भएको हो । सरकारको दिएको निर्देशनपछि नेपालमा वेबसाइटमार्फत अश्लील खालका प्रकाशन तथा प्रसारण यौनजन्य सामग्री पूर्ण रुपमा बन्द हुनेछन् ।

सरकारको दिएको निर्देशनपछि नेपालमा वेबसाइटमार्फत अश्लील खालका प्रकाशन तथा प्रसारण यौनजन्य सामग्री पूर्ण रुपमा बन्द हुनेछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?