प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदै, यस्तो छ १० दिने कार्यक्रम

Shikharkhabar Shikharkhabar
|
शनिबार, आश्विन ६, २०७५
|
|
१८ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदै, यस्तो छ १० दिने कार्यक्रम

सारांश

  • काठमाडौँ ।
  • प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र सङ्घको महासभाको ७३ औं अधिवेशनमा भाग लिन पत्नी राधिका सहित नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै आज शनिबार न्युयोर्क जाँदैछन् ।
  • मंथलबारदेखि शुरु हुने अधिवेशनको मूल विषय ‘संयुक्त राष्ट्र सङ्घलाई सबै जनतासँग सम्बन्धित तथा शान्ति र न्यायपूर्ण तथा दिगो समाजका लागि विश्वव्यापी नेतृत्वदायी तथा जिम्मेवारी साझेदारी गर्ने (संस्था) बनाउने’ रहेको परराष्ट्र मन्त्रालयले विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र सङ्घको महासभाको ७३ औं अधिवेशनमा भाग लिन पत्नी राधिका सहित नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै आज शनिबार न्युयोर्क जाँदैछन् ।

मंथलबारदेखि शुरु हुने अधिवेशनको मूल विषय ‘संयुक्त राष्ट्र सङ्घलाई सबै जनतासँग सम्बन्धित तथा शान्ति र न्यायपूर्ण तथा दिगो समाजका लागि विश्वव्यापी नेतृत्वदायी तथा जिम्मेवारी साझेदारी गर्ने (संस्था) बनाउने’ रहेको परराष्ट्र मन्त्रालयले विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

प्रधानमन्त्री ओलीले असोज ११ गते बिहीबार संयुक्त राष्ट्र सङ्घको महासभालाई सम्बोधन गर्नेछन् भने त्यसै दिन विश्व संस्थाका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री ओलीले असोज ८ गते सोमबार ‘नेल्सन मन्डेला शान्ति शिखरबैठक’ को रूपमा उच्चस्तरीय पूर्ण बैठकलाई सम्वोधन गर्नेछन् । बैठक दक्षिण अफ्रिकी नेता नेल्सन मन्डेलाको सम्मानमा शताब्दीऔँ जन्मदिवसका अवसरमा आयोजना हुनेछ ।

प्रधानमन्त्री ओली तथा श्रीमती शाक्य त्यसैदिन साँझ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा श्रीमती ट्रम्पले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछन् । असोज ९ गते मंगलबार संयुक्त राष्ट्र सङ्घका महासचिव गुटेरेसले आयोजना गर्नुहुने दिवाभोजमा सहभागी हुनुहुनेछ ।

प्रधामन्त्री ओलीले सोही दिन महासचिव गुटेरेसले आयोजना गर्नुहुने ‘शान्तिका लागि कार्य गर्न उच्चस्तरीय बैठक’ लाई सम्बोधन गर्नेछन् । त्यसैदिन एसिया सोसाइटीमा ‘‘शान्ति, प्रजातन्त्र तथा विकास’’का विषयमा सार्वजनिक व्याख्या गर्नेछन् । अस्ट्रेलियाका पूर्व प्रधानमन्त्री केभिन रुडले उक्त कार्यक्रमलाई निर्देशन गर्ने लगायतका थुप्रै कार्यक्रममा प्रधानमन्त्री ओलीले भाग लिने कार्यक्रम छ ।

प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्र सङ्घको महासभाका कार्यक्रमका साथसाथै असोज १० गते बुधबार स्विजरल्यान्डका राष्ट्रपति एलेन बर्सेटसँग दुईपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । असोज १२ गते शुक्रबार क्याम्बोडियाका प्रधानमन्त्री सामदेक अर्थात् मोहा सेना पदेई तेको हुन सेनसँग दुई पक्षीय भेटवार्ता हुनेछ ।

प्रधानमन्त्री ओली असोज १३ गते शनिबार दुईपक्षीय औपचारिक भ्रमणका क्रममा न्यु योर्कबाट कोस्टा रिकाको सान होजेतर्फ प्रस्थान हुनेछ । प्रधामन्त्री ओलीले सान होजेमा कोस्टा रिकाका राष्ट्रपति कार्लोस अल्भाराडो क्वेसाडासँग दुईपक्षीय भेटवार्ताको कार्यक्रम छ । सान होजेमै शान्ति विश्वविद्यालय ९युनिभर्सिटी फर पिस० लाई सम्बोधन गर्ने कार्यक्रम छ ।

त्यसैगरी प्रधानमन्त्री सहितको टोली असोज १७ गते बुधबार काठमाडौँका लागि फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारको एक वर्ष: कूटनीतिक सम्बन्ध विस्तार र ऐतिहासिक भ्रमणहरु भए : परराष्ट्रमन्त्री साउद
सरकारको एक वर्ष: कूटनीतिक सम्बन्ध विस्तार र ऐतिहासिक भ्रमणहरु भए : परराष्ट्रमन्त्री साउद
कवि वीरशाली पन्तको स्मृतिमा कोष स्थापना
कवि वीरशाली पन्तको स्मृतिमा कोष स्थापना
नेपाल इन्जिनियरिङ कजेलमा देखिएको विवाद समाधानकालागि उपसमिति गठन
नेपाल इन्जिनियरिङ कजेलमा देखिएको विवाद समाधानकालागि उपसमिति गठन
श्रीमान्लाई मदिरा छुटाउन २२ वर्ष लामो सङ्घर्ष
श्रीमान्लाई मदिरा छुटाउन २२ वर्ष लामो सङ्घर्ष
मापदण्ड नपुगेका भवन भत्काउने सरकारी तयारी, ८० प्रतिशत भवन मापदण्डविपरीत रहेको अनुमान….
मापदण्ड नपुगेका भवन भत्काउने सरकारी तयारी, ८० प्रतिशत भवन मापदण्डविपरीत रहेको अनुमान….
एमाले नेतृत्वको सत्ता गठबन्धनको बैठक बस्दै
एमाले नेतृत्वको सत्ता गठबन्धनको बैठक बस्दै
दलित महिला सदस्यका लागि पाँच गाउँपालिकामा उम्मेदवारी शून्य !
दलित महिला सदस्यका लागि पाँच गाउँपालिकामा उम्मेदवारी शून्य !
राजीनामापछि बाँस्कोटाले बोले : नैतिकताको आधारमा राजीनामा दिएँ
राजीनामापछि बाँस्कोटाले बोले : नैतिकताको आधारमा राजीनामा दिएँ
नेकपा सचिवालय बैठक बालुवाटारमा बस्दै
नेकपा सचिवालय बैठक बालुवाटारमा बस्दै
धादिङमा टिप्पर दुर्घटना हुँदा ३ जनाको मृत्यु

तपाईंले छुटाउनुभयो कि?