स्व. जीवन आचार्यको कविता कृति लोकार्पण

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख २६, २०७५
|
|
३७ पटक हेरिएको
Shares
स्व. जीवन आचार्यको कविता कृति लोकार्पण

सारांश

  • काठमाडौँ,२६ वैशाख ।
  • स्व.
  • कवि जीवन आचार्यको कवितासंग्रह ‘जीवन आचार्यका कविता’ को पनि लोकार्पण गरिएको छ ।

काठमाडौँ,२६ वैशाख । स्व. कवि जीवन आचार्यको कवितासंग्रह ‘जीवन आचार्यका कविता’ को पनि लोकार्पण गरिएको छ ।

स्व. कवि जीवन आचार्यको २९ सौं स्मृति दिवसको अवसरमा नेपाल स्रस्टा समाज र जीवन स्मृति प्रतिष्ठानले यहाँ आयोजना गरेको कार्यक्रममा वरिष्ठ संस्कृतिकर्मी तथा कवि तुलसी दिवसले उक्त कविता संग्रहको विमोचान गर्दै साहित्यिक स्रष्टा सधैंँभर अमर रहने बताउनुभयो ।

स्रष्टा मरेर गए पनि उसका कृति सधैं बाँचिरहने हुँदा साहित्यकार कहिल्यै नमर्ने प्राणी हो भन्नुहुँदै कवि दिवसले स्व. जीवन आचार्य सानै उमेरमा नेपाली साहित्यिक फाँटमा आफ्नो बलियो उपस्थिति जनाउन एक सफल कवि हुनुहुन्थ्यो भन्नुभयो ।

वरिष्ठ कवि विधान आचार्यले संयोजन गर्नुभएको सो कविता संग्रहमाथि डा. भरतकुमार भट्टराइले समीक्षा गर्नुभएको थियो ।

जीवन स्मृति प्रतिष्ठानका अध्यक्ष भूमिप्रसाद दाहालको सभापतित्वमा भएको सो कार्यक्रममा नेपाल स्रष्टा समाजका महासचिव चेतनाथ कणेल ‘हरित’ले ३१ वर्षको कलिलो उमेरमा नै जीवन आचार्यले यो धर्ती छाडेर गए पनि उहाँका कालजयी र अब्बल कविता नेपाली पाठकले हृदयमा सजिएर रहेको बताउनुभयो ।

कवि आचार्यका पिता कमल जङ्गलीले पाटीपौवा निर्माण गर्नुको सट्टा आफूले छोराको स्मृतिमा २०५८ सालमा प्रतिष्ठान स्थापना गरी साहित्यकारलाई सम्मान प्रदान गर्दै आएको जानकारी गराउनुभयो ।

साहित्यकारहरु रमा शर्मा, मन्जुल, उषा शेरचन, पवन आलोक, विधान आचार्य, श्याम लम्साल, टंक आचार्य, राजन कार्की, धनकुटे कान्छालगायतले स्व आचार्यका कविताका बारेमा बोल्नुभएक थियो।
युवा कवि एवम् कलाकार स्व.जीवन आचार्यको जन्म २०१५ चैत्र २० गते र निधन २०४६ वैशाख २३ गते भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?