आमाको नामबाट नागरिकता दिन सर्वोच्चको आदेश

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन ९, २०७५
|
|
२८ पटक हेरिएको
Shares
आमाको नामबाट नागरिकता दिन सर्वोच्चको आदेश

सारांश

  • काठमाडाै, ९ असाेज ।
  • सर्वोच्च अदालतले मटिहानी नगरपालिका–८ का अर्जुनकुमार साहलाई आमाको नामबाट नागरिकता प्रदान गर्न जिल्ला प्रशासन कार्यालय महोत्तरीलाई आदेश दिएको छ ।
  • सर्वोच्चका न्यायाधीश दीपककुमार कार्की र तेजबहादुर केसीको संयुक्त इजलासले सोमबार साहलाई आमाको नाममा नागरिकता प्रदान गर्न आदेश दिएको हो ।

काठमाडाै, ९ असाेज । सर्वोच्च अदालतले मटिहानी नगरपालिका–८ का अर्जुनकुमार साहलाई आमाको नामबाट नागरिकता प्रदान गर्न जिल्ला प्रशासन कार्यालय महोत्तरीलाई आदेश दिएको छ ।सर्वोच्चका न्यायाधीश दीपककुमार कार्की र तेजबहादुर केसीको संयुक्त इजलासले सोमबार साहलाई आमाको नाममा नागरिकता प्रदान गर्न आदेश दिएको हो ।६ वर्षअघि आमाको नामबाट नागरिकता लिन खोजेका साहलाई जिल्ला प्रशासन कार्यालय महोत्तरीले अन्तरिम संविधान २०६३ मा त्यस्तो व्यवस्था नभएको भन्दै नागरिकता दिन अस्वीकार गरेको थियो ।

उनकी आमाले विदेशी नागरिकसँग बिहे गरे पनि ३८ वर्षदेखि उनीहरू नेपालमै बसोवास गरिरहेका छन् । नेपालमै जन्मेहुर्केको र आफूले विदेशी नागरिकता नलिएको भन्दै उनले नागरिकताको प्रमाणपत्रका लागि आवेदन दिएका थिए । तर, नागरिकता नपाएपछि उनी सर्वोच्चसम्म पुगेका हुन् ।सर्वोच्चले नयाँ संविधानको व्यवस्थाअनुसार नै साहलाई आमाको नामबाट नागरिकता दिन आदेश जारी गरेको हो ।

संविधानको धारा ११ को उपधारा (७) मा ‘यस धारामा अन्य जुनसुकै कुरा लेखिएको भए पनि विदेशी नागरिकसँग विवाह गरेको नेपाली महिला नागरिकबाट जन्मिएको व्यक्तिको हकमा निज नेपालमा नै स्थायी बसोवास गरेको र निजले विदेशी मुलुकको नागरिकता प्राप्त गरेको रहेनछ भने निजले संघीय कानुनबमोजिम नेपालको अंगीकृत नागरिकता प्राप्त गर्न सक्ने’ उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चर्चित लोकगायक खुमन अधिकारी र लक्ष्मि अाचार्यको सुमधुर स्वरमा सजिएको तिजको गीत  “भिटामिनले मलाई झन कालो बनायो” :भिडियो रेपोर्ट
चर्चित लोकगायक खुमन अधिकारी र लक्ष्मि अाचार्यको सुमधुर स्वरमा सजिएको तिजको गीत “भिटामिनले मलाई झन कालो बनायो” :भिडियो रेपोर्ट
घाटी काटेर रौतहटमा ८ वर्षीय बालकको बिभत्स हत्या
घाटी काटेर रौतहटमा ८ वर्षीय बालकको बिभत्स हत्या
राष्ट्रियसभा निर्वाचनका लागि मतदानस्थल निर्धारण
राष्ट्रियसभा निर्वाचनका लागि मतदानस्थल निर्धारण
सत्ता गठबन्धनले एमालेलाई जित्न नसक्ने ओलीको दावी
सत्ता गठबन्धनले एमालेलाई जित्न नसक्ने ओलीको दावी
मुलुक परिवर्तनमा योगदान पु-याएका नेताप्रति सधैँ उच्च सम्मान र कदर गर्दर्छौं : सभापति लामिछाने
मुलुक परिवर्तनमा योगदान पु-याएका नेताप्रति सधैँ उच्च सम्मान र कदर गर्दर्छौं : सभापति लामिछाने
पण्डितलाई भारतको विश्वविद्यालयबाट विद्यावारिधिकाे उपाधि !
पण्डितलाई भारतको विश्वविद्यालयबाट विद्यावारिधिकाे उपाधि !
राजधानीमै घर भएका १३ सांसदले लिए घरभाडा
राजधानीमै घर भएका १३ सांसदले लिए घरभाडा
सडक दुर्घटना घटाउने उपाय खोज्न प्रधानमन्त्रीको निर्देशन
सडक दुर्घटना घटाउने उपाय खोज्न प्रधानमन्त्रीको निर्देशन
कांग्रेस नेता डा. कोइराला राजतन्त्रको पर्खाइमा
कांग्रेस नेता डा. कोइराला राजतन्त्रको पर्खाइमा
अपहरण गरेको अभियोगमा पक्राउ
अपहरण गरेको अभियोगमा पक्राउ

तपाईंले छुटाउनुभयो कि?