ग्रेटर नेपालका अभियन्ताले गरे पूर्वराजालाई प्रश्नः फेसबुकमा चेतावनी !

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन १०, २०७५
|
|
२० पटक हेरिएको
Shares
ग्रेटर नेपालका अभियन्ताले गरे पूर्वराजालाई प्रश्नः फेसबुकमा चेतावनी !

सारांश

  • काठमाडौं, १० असाेज ।
  •   नेपालको कालापानी र लिम्पियाधुराको भुभाग भारतले आफ्नो सेना राखेर कब्जा जमाएको छ ।
  • सीमाविज्ञहरुले एकनासी नेपाली भुभाग थिचोमिचो गर्ने भारत विरुद्ध आवाज उठाइरहेका छन् ।

काठमाडौं, १० असाेज ।  नेपालको कालापानी र लिम्पियाधुराको भुभाग भारतले आफ्नो सेना राखेर कब्जा जमाएको छ । सीमाविज्ञहरुले एकनासी नेपाली भुभाग थिचोमिचो गर्ने भारत विरुद्ध आवाज उठाइरहेका छन् । तर नेपाल सरकार र भरौटे नेताहरुले जनताको भावनालाई कदर नगरेपछि पूर्वराजा ज्ञानेन्द्र शाहलाई एक राष्ट्रवादी प्राध्यापक तथा ग्रेटर नेपालका अभियन्ता फणीन्द्र नेपालले प्रश्न सोधेका छन्-‘के तपाईसँग लिम्पियाधुरासँग सम्वन्धित कागजपत्र छन् ?’

उनले भने, ‘काली नदीलाई सुगौली सन्धिले नेपालको पश्चिमी सिमाना मानेपछि पश्चिम-उत्तर लिम्पियाधुरासम्म नेपालको सिमाना किन पुर्याइएन ? अहिले प्रचारमा ल्याइएजस्तै तत्कालीन राजदरबारले नेपालको नक्सामा लिम्पियाधुरासम्म रेखा नतान्न निर्देशन दिने काम गरेको भए त्यस्ता कागजातहरू दरबारको उत्तराधिकारी राष्ट्रपति कार्यालयमा अवश्य होलान् । राष्ट्रपति कार्यालयले पनि जिम्मेवारी लिएर मुख खोल्नुपर्यो ?’

उनले थप भने, ‘कि दरबारका सबैथरी कागजपत्र पूर्वराजा ज्ञानेन्द्रले नेपाल सरकारसँग भरपार्इ गरी बुझेर लिएर गएका थिए ? त्यसो हो भने पूर्वराजाका वर्तमान सचिवहरूले यसबारे स्पष्ट गर्नुपर्यो ।’ ग्रेटर नेपालका अभियन्ता प्राध्यापक नेपालले चेतावनी दिँदै सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्’देखादेखी नेपालको जमिन भारततर्फ पारेर सुखसँग बस्न पाइएला भनेर कसैले पनि नसोचे हुन्छ, चिहानबाट मुर्दा निकाले झैँ यो विषयलाई पनि सतहमा ल्याउनुपर्छ ।

(Ambien)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?