आज पनि बाँके बन्द

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष २५, २०७३
|
|
१६४ पटक हेरिएको
Shares
आज पनि बाँके बन्द

सारांश

  • प्रहरीले तरुण दल बाँके क्षेत्र नम्बर १ का अध्यक्ष दिग्वीजय जंग राणालाई पक्राउ गरेको विरोधमा तरुण दलले सोमबार पनि बाँके जिल्ला बन्दको आहृवान गरेको छ ।
  • युवा संघ केन्द्रीय सदस्य सन्तोष बुढाथोकीमाथि भएको आक्रमणको योजनाकारकाे आरोपमा प्रहरीले राणालाई पक्राउ गरेपछि तरुण दल बाँकेले आइतबार पनि बाँके बन्द गराएको थियो ।
  • बन्दका कारण बाँकेका नागरिकको दैनिकी प्रभावित भएको छ ।

प्रहरीले तरुण दल बाँके क्षेत्र नम्बर १ का अध्यक्ष दिग्वीजय जंग राणालाई पक्राउ गरेको विरोधमा तरुण दलले सोमबार पनि बाँके जिल्ला बन्दको आहृवान गरेको छ । युवा संघ केन्द्रीय सदस्य सन्तोष बुढाथोकीमाथि भएको आक्रमणको योजनाकारकाे आरोपमा प्रहरीले राणालाई पक्राउ गरेपछि तरुण दल बाँकेले आइतबार पनि बाँके बन्द गराएको थियो ।

बन्दका कारण बाँकेका नागरिकको दैनिकी प्रभावित भएको छ । शिक्षण संस्था, प्रेस, कुटनीतिक नियोग, एम्बुलेन्स, दमकल, मानवअधिकारकर्मी लगायतलाई बन्दमा छुट दिइएको छ ।

बुढाथोकीलाई खुकुरी प्रहार गर्ने युवासंघकै कार्यकर्ता मल्ललाई प्रहरीले यसअघि नै काठमाडौंबाट पक्राउ गरिसकेको छ । आरोपी मल्लकै बयानका आधारमा तरुण दल क्षेत्रीय अध्यक्ष राणा र युवासंघका समशेरगञ्ज गाउँ कमिटी उपाध्यक्ष ज्ञानबहादुर थापालाई पनि पक्राउ गरिएको बाँके प्रहरीले जनाएको छ । बुढाथोकीको बाँकेमा उपचार हुन नसकेपछि भारतको लखनउ लगिएको छ । मल्ललाई काठमाडौंमा लुकेर बसेको अवस्थामा सीआईबीको टोलीले पक्राउ गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारले ७ हजार किसानको ऋणको साँवा, ब्याज तिरिदिने
सरकारले ७ हजार किसानको ऋणको साँवा, ब्याज तिरिदिने
बनिनसक्दै भत्किने पुल बनाउने सांसदको ‘पप्पु कन्स्ट्रक्सन‘
बनिनसक्दै भत्किने पुल बनाउने सांसदको ‘पप्पु कन्स्ट्रक्सन‘
नयाँ वर्षले बिथोलिएको राजनीतिलाई अगाडि बढाउने : अध्यक्ष ओली
नयाँ वर्षले बिथोलिएको राजनीतिलाई अगाडि बढाउने : अध्यक्ष ओली
नुवाकोटमा बस दुर्घटना हुँदा तीनको  ज्यान गयाे, २३ जना घाइते
नुवाकोटमा बस दुर्घटना हुँदा तीनको ज्यान गयाे, २३ जना घाइते
साउन २७ गते सोमबारको राशिफल यस्तो छ
काठमाडौंका मेयरको मर्यादाक्रम घटाउन मुख्य दल एकमत
काठमाडौंका मेयरको मर्यादाक्रम घटाउन मुख्य दल एकमत
३८ क्विन्टल सुन तस्करीमा त्यही एउटा समुह, यिनीहरुलाई भयो मुद्दा दर्ता नाम सहित…
३८ क्विन्टल सुन तस्करीमा त्यही एउटा समुह, यिनीहरुलाई भयो मुद्दा दर्ता नाम सहित…
अजरबैजान विमान दुर्घटना अपडेटः ३० भन्दा बढीको मृत्यु, २८ जनाको जीवितै उद्धार
अजरबैजान विमान दुर्घटना अपडेटः ३० भन्दा बढीको मृत्यु, २८ जनाको जीवितै उद्धार
कारागारबाट एक कैदीबन्दी फरार भएपछि सुरक्षामा रहेका एक सइ सहित ६ जना जिल्ला तानीए
कारागारबाट एक कैदीबन्दी फरार भएपछि सुरक्षामा रहेका एक सइ सहित ६ जना जिल्ला तानीए
कहाली लाग्दो दशक
कहाली लाग्दो दशक