उपसचिव को बैंक खातामा स्रोत नखुलेको २ करोड

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन ११, २०७५
|
|
२१ पटक हेरिएको
Shares
उपसचिव को बैंक खातामा स्रोत नखुलेको २ करोड

सारांश

  • काठमाडौं, ११ असाेज ।
  • घूससहित पक्राउ परेका एक कर्मचारीको बैंक खातामा २ करोड रुपैयाँ फेला परेको छ ।
  • बैंक खातामा रहेको रकमको स्रोत खुलाउन नसकेकाले त्यो रकम भ्रष्टाचारबापतकै भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन अघि बढाएको छ ।

काठमाडौं, ११ असाेज । घूससहित पक्राउ परेका एक कर्मचारीको बैंक खातामा २ करोड रुपैयाँ फेला परेको छ । बैंक खातामा रहेको रकमको स्रोत खुलाउन नसकेकाले त्यो रकम भ्रष्टाचारबापतकै भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन अघि बढाएको छ ।

नयाँ पत्रिका  का अनुसार  २ महिनाअघि घुससहित पक्राउ परेका डिभिजन सडक कार्यालय रुपन्देहीका डिभिजन इन्जिनियर (उपसचिव) सुरेश ठाकुरको बैंक खातामा २ करोड रुपैयाँभन्दा बढी रकम भेटिएको हो । उनी १२ साउनमा ३६ लाख ७२ हजार रुपैयाँ घुससहित बुटवलमा पक्राउ परेका थिए । अनुसन्धानका क्रममा बैंक खातामा अस्वाभाविक रकम देखिएपछि उनको सम्पत्तिको समेत छानबिन अघि बढाइएको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए । नगदसहित घर, जग्गालगायत सम्पत्तिको स्रोत के हो भन्ने विषयमा छानबिन अघि बढाइएको आयोगको भनाइ छ ।

उनी २ महिनादेखि आयोगको हिरासतमा छन् । आयोगले केही रकम उनकी श्रीमतीबाट समेत बरामद गरेको थियो । बरामद रकम आर्थिक वर्षको अन्त्यमा ठेकेदारहरूबाट लिएको अनुसन्धानमा खुलेको छ । घुससहित पक्राउ पर्ने कर्मचारीहरूविरुद्ध विगतमा उनीहरूको सम्पत्तिको छानबिन हुने गरेको थिएन । ठाकुरको सम्पत्ति अस्वाभाविक देखिएकाले अकुतमा पनि छानबिन थालिएको आयोगले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?