एसिड आक्रमणमा परेकी वसन्तीको निःशुल्क उपचार गर्न मेयर दाहालकाे निर्देशन

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन १४, २०७५
|
|
२२ पटक हेरिएको
Shares
एसिड आक्रमणमा परेकी वसन्तीको निःशुल्क उपचार गर्न मेयर दाहालकाे निर्देशन

सारांश

  • चितवन, १४ असाेज।
  • भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले एसिड आक्रमणमा परेकी कावासोती डण्डाकी वसन्ती परियारको उपचार खर्च निःशुल्क गर्न निर्देशन दिएकी छन् ।
  • महानगर प्रमुख दाहालको निर्देशनपछि भरतपुर अस्पताल व्यवस्थापनले भरतपुर अस्पतालमा उनको उपचारमा लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने जनाएको छ ।

चितवन, १४ असाेज। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले एसिड आक्रमणमा परेकी कावासोती डण्डाकी वसन्ती परियारको उपचार खर्च निःशुल्क गर्न निर्देशन दिएकी छन् । महानगर प्रमुख दाहालको निर्देशनपछि भरतपुर अस्पताल व्यवस्थापनले भरतपुर अस्पतालमा उनको उपचारमा लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने जनाएको छ ।महानगर प्रमुख दाहालले वसन्तीको उपचारमा  चासो दिँदै भनिन्, ‘घाइते वसन्तीको उपचारमा कुनै कमी हुन दिनेछैनौँ ।’ महानगर प्रमुख दाहालले शनिबार भरतपुर अस्पतालमा पुगेर वसन्तीको स्वास्थ्य अवस्थाबारे बुझेकी थिइन्। महानगर प्रमुख दाहालसँग पीडित वसन्तीका परिवारले आर्थिक अवस्था कमजोर भएको हुनाले उपचारमा सहयोग गरिदिन आग्रह गरेका थिए ।

परिवारको आग्रहपछि महानगर प्रमुख दाहालले भरतपुर अस्पताललाई वसन्तीको उपचार निःशुल्क रुपमा गरिदिन निर्देशन दिनुभएको थियो । बिरामीलाई भेटेपछि प्रमुख दाहालले उच्च मनोबल बनाउन आग्रह गरेका थिए । उनले उपचारमा भइरहेको प्रगततिबारे संलग्न चिकित्सकबाट जानकारी लिनुभएको थियो । प्रमुख दाहालले थप उपचारका लागि अन्यत्र लैजानु पर्ने भए आवश्यक समन्वय गर्न समेत निर्देसन दिइन् । एसिड प्रहारजस्तो अमानवीय अपराध गर्नेलाइ हदैसम्मको कारबाही गर्नसमेत उनले सम्बन्धित निकायलाई निर्देशन दिएका थिइन् ।  गत सोमबार बजारबाट घर फर्कदै गरेकी वसन्तीलाई कावासोती डण्डा हरमासी टोलमा छिमेकी बिमल श्रीपालीले एसिड खनाएका थिए । श्रीपालीलाई कावासोती प्रहरी नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?