अर्बौ रुपैयाँ कुम्लाएर दुवईकी राजकुमारी कता भागिन् ?

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ १६, २०७६
|
|
३६ पटक हेरिएको
Shares
अर्बौ रुपैयाँ कुम्लाएर दुवईकी राजकुमारी कता भागिन् ?

सारांश

  • दुबईका राजकुमार शेख मोहम्मद बिन राशिद अल मकतूमका छैटौँ श्रीमती राजकुमारी हया बिन्त अल हुसैनले देश छाडेर भागेको खर्वर अहिले सर्वत्र चर्चामा छ।
  • अरवपति राजकुमारबाट करिब चार अर्ब ३३ करोड ६० लाख रूपैयाँ लिएर उनी भागेकी छन ।
  • त्यति मात्र होईन ११ बर्षिय जलिला र ७ बर्षिय जायेद नाम गरेका दुई बच्चा लाई पनि साथ मै लिएर भागेको समाचारमा उल्लेख गरिएको छ।

दुबईका राजकुमार शेख मोहम्मद बिन राशिद अल मकतूमका छैटौँ श्रीमती राजकुमारी हया बिन्त अल हुसैनले देश छाडेर भागेको खर्वर अहिले सर्वत्र चर्चामा छ। अरवपति राजकुमारबाट करिब चार अर्ब ३३ करोड ६० लाख रूपैयाँ लिएर उनी भागेकी छन ।त्यति मात्र होईन ११ बर्षिय जलिला र ७ बर्षिय जायेद नाम गरेका दुई बच्चा लाई पनि साथ मै लिएर भागेको समाचारमा उल्लेख गरिएको छ।

राजकुमारी हया लण्डनमा लुक्दै आएकी थिइन । उनी जेर्डनका राजा अब्दुल्लाकी सौतनी बहिनी हुन् । समाचारमा जनाएअनुसार हया दुबईबाट भाग्नुअघि जर्मनी गएकी थिइन् । त्यहाँबाट उनले राजा शेख मोहम्मदसँग सम्बन्ध बिच्छेद मागेकी थिइन् । अहिले राजकुमारी हयाले जर्मनीलाई राजनीतिक शरण दिन आग्रह गर्दै आएको जनाएको छ ।

जर्मनले नै उनलाई भाग्न मद्दत गरेको समाचारमा जनाएको छ । यदि, जर्मनीले राजकुमारीलाई राजनीतिक शरण दिए राजनैतिक संकट हुने दुबईले बताएको छ । यसैबीच राजकुमार शेख मोहम्मदले जर्मनीसँग आफ्नो पत्नीलाई फिर्ता पठाउन जर्मनसँग आग्रह गर्दै आएका छन् । तर, जर्मनी अधिकारीहरूले उनको अनुरोध अस्वीकार गरिदिएका छन् । एजेन्सी

हसाउँन मात्रै होइन, सहयोग गर्न पनि कपिल अगाडि
मुम्बई। द कपिल शर्मा शो सानो पर्दाको सबैभन्दा चर्चित र लोकप्रिय कार्यक्रम हो। शोका होस्ट कमेडियन कपिल शर्माले दर्शकलाई हसाउँछन् नै त्यो बाहेक आफ्ना नजिकका मानिसलाई सहयोग गर्न पनि पछि पर्दैनन्। आज हामी यही विषयमा तपाइँलाई जानकारी दिन गइरहेका छौं। कपिलका हेयर स्टाइलिस्ट प्रणय परमारका अनुसार आजकल उनी एक सफल हेयर स्टाइलिस्ट हुन् र उनको सफलताकापछि कपिलको ठूलो हात छ।

यतिबेला कपिल प्रणयलाई आफ्नै ब्राण्ड खोल्न सहयोग गरिरहेका छन्। जसको तयारी सुरु भइसकेको छ। कपिलले प्रणयलाई करिव सात लाख सहयोग गरेका छन्। यतिबेला मुम्बईमा उनका दुई सैलुन छन्। ‘म मात्र दुई दिन शुटिङ गर्थेँ, त्यसबाहेक मसँग कुनै काम थिएन,’ उनले भने, ‘म आफ्नै सैलुन खोल्न चाहन्थेँ। तर मसँग पैसा थिएन। एक दिन कुुरै कुरामा मैले कपिलसँग सैलुन खोल्ने इच्छा व्यक्त गरेँ। मेरो कुरा सुन्ने वित्तिकै उहाँ मलाइ सहयोग गर्न तयार हुनुभयो।

उहाँले अहिलेसम्म पैसा फिर्ता माग्नु पनि भएको छैन।’ पंजाबी फिल्मका अमिताभ बच्चन भनिने अभिनेता सतीश कौल किनै विमारी थिए। उनीसँग औषधि किन्ने पैसा समेत थिएन। कपिलले उनलाई सहयोग गर्ने जिम्मा लिए। कपिलले आफ्नो समाजिक संजालमा सतीशको विषयमा मानिसलाई जानकारी दिए र आफू पनि सहयोग गर्न अगाडि बढे। फिल्म फिरंगी को पंजाब शेड्युलका क्रममा कपिलका को–स्टारको शुटिङको सेटमा निधन भयो।

त्यसपछि उनका बच्चाको पढाएको जिम्मेवारी कपिलले नै लिँदै आएका छन्। गत वर्ष कपिलका एक स्पाट ब्वाईकी आमालाई ट्यूमर भयो। सो कुरा थाहा पाएका कपिलले उनलाई १२ लाख सहयोग गरे। त्यो बेला ट्यूमर लास्ट स्टेजमा पुगिसकेको थियो। आमाको उपचारमा व्यस्त ती स्पाट ब्याई काममा पनि आउन सकेका थिएनन्। उनलाई कपिलले दिल खोलेर सहयोग गरे र पैसा फिर्ता लिन मानेनन्। कपिलका साथी प्रतिपाल सिंह भन्छन्–कपिलका बुवा जतिन्द्रको क्यान्सरका कारण निधन २००४ मा निधन भएको थियो। त्यसपछि कपिलले क्यान्सर पीडितलाई दिल खोलेर सहयोग गर्न थालेका हुन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?