मलेसियामा नेपाली कामदारसहितका यात्रु बोकेको बस दुर्घटना

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक १८, २०७६
|
|
३२ पटक हेरिएको
Shares
मलेसियामा नेपाली कामदारसहितका यात्रु बोकेको बस दुर्घटना

सारांश

  • काठमाण्डौ ।
  • मलेसियाको तपाह भन्ने ठाउँमा यात्रु बोकेको बस दुर्घटना हुँदा नेपालीसहित १४ जना कामदार घाइते भएका छन् ।
  • सोमबार बिहान पाँच बजे भएको दुर्घटनामा इण्डोनेसियन र नेपाली गरी १४ जना कामदार घाइते भएको त्यहाँको स्थानीय पत्रिका ‘द स्टार’ले जनाएको छ ।

काठमाण्डौ । मलेसियाको तपाह भन्ने ठाउँमा यात्रु बोकेको बस दुर्घटना हुँदा नेपालीसहित १४ जना कामदार घाइते भएका छन् । सोमबार बिहान पाँच बजे भएको दुर्घटनामा इण्डोनेसियन र नेपाली गरी १४ जना कामदार घाइते भएको त्यहाँको स्थानीय पत्रिका ‘द स्टार’ले जनाएको छ ।

बस नर्थ–साउथ एक्सप्रेस वे नजिकै तपाह भन्ने ठाउँमा दुर्घटना भएको हो । पेनाङबाट आएको बस गेन्टिङ हाइल्याण्डतर्फ जाने क्रममा डिभाइडरसँग ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार १९ देखि ४२ वर्ष उमेर समूहका कामदारहरु बसमा सवार थिए । उनीहरुले हिल रिसोर्टमा छुट्टि मनाउन भनेर बस बुक गरेका थिए ।

‘बसमा त्यहाँका स्थानीय र विदेशी इण्डोनेसिया र नेपाल गरी ३० जना यात्रुहरु थिए तर तिनीहरुमध्ये १४ जनालाई सामान्य चोटपटक लागेको र उपचारको लागि तपाह अस्पतालमा लगिएको छ’, उनले भने, ‘हामी सडक यातायात ऐन १९८७ अन्तर्गत घटनाको अनुसन्धान गर्दैछौँ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?