जापानमा आँधी, ५० घाइते, जनजीवन प्रभावित

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन १४, २०७५
|
|
२३ पटक हेरिएको
Shares
जापानमा आँधी, ५० घाइते, जनजीवन प्रभावित

सारांश

  • कागोसिमा, जापान, १४ असोज ।
  • जापानमा आइतबार आएको शक्तिशाली आँधीका कारण ५० जनाभन्दा बढी घाइते भएका छन् ।
  • मौसमविदहरुले तीव्र बेगको आँधी र मुसलधारे वर्षाका कारण बाढी र पहिरोले थप क्षति गर्ने सम्भावना बढेको जनाएका छन् ।

कागोसिमा, जापान, १४ असोज । जापानमा आइतबार आएको शक्तिशाली आँधीका कारण ५० जनाभन्दा बढी घाइते भएका छन् । मौसमविदहरुले तीव्र बेगको आँधी र मुसलधारे वर्षाका कारण बाढी र पहिरोले थप क्षति गर्ने सम्भावना बढेको जनाएका छन् ।‘तुफान त्रामी’ नाम दिइएको यस आँधीले पश्चिमी जापानको बुलेट ट्रेन (तिब्र गतिको रेल सेवा)लाई पनि प्रभावित बनाएको छ । त्यसैगरी झण्डै एक हजार उडान रद्द गरिएका छन् भने अन्य विभिन्न सेवामा पनि आँधीको असर परेको छ ।

आइतबार साँझदेखि टोकियो सहित त्यस आसपासको ठूलो क्षेत्रमा प्रभाव देखिने अनुमान गरिएको छ । आइतबार बेलुका टोकियोको पनि रेलसेवा बन्द गरिने भएको छ ।स्थानीय समय अनुसार बेलुका छ बजेतिर ओसाका क्षेत्रमा आँधी आएको थियो । शाक्तिशाली सो आँधी ओकीनावामा पनि आएको अधिकारीहरुको भनाइ छ ।आँधीका कारण थुप्रै घर तथा भौतिक संरचनाहरुमा क्षति पुगेको छ भने ५० भन्दा बढी घाइते भएका छन् । अहिलेसम्म कसैको मृत्युको खबर नआएको अधिकारीहरुले बताएका छन् ।

आँधीका कारण भारी बर्षा भैरहेको र ठूलो हावाहुरी चलिरहेको खबर जापानी संचारमाध्यमहरुले निरन्तर प्रसारण गरिरहेका छन् ।सरकारी सञ्चार माध्यमले जनाएअनुसार झण्डै तीन लाख घरमा विद्युत सेवा अवरुद्ध भएको छ । आँधी आएका बेला बाहिर ननिस्कन अधिकारीहरुले चेतावनी दिएका छन् ।मौसम विज्ञान अधिकारीहरुले यो आँधी अघिल्लो महिना आएको आँधी भन्दा ठूलो हुनसक्ने र २५ बर्ष यताकै शक्तिशाली हुने सम्भावना रहेको बताएका छन् ।लगातार प्राकृतिक विपत्तिको सामना गरिरहेको जापानमा अहिले यो सिजनको २४औं आँधी हो । त्यसैगरी गत सेप्टेम्बरमा दक्षिणी टापु होक्काइडोमा आएको ६।६ म्याग्नीच्युडको भूकम्पका कारण ४० भन्दा बढीको मृत्यु भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मुस्ताङमा किन बढ्यो आन्तरिक पर्यटकको चहलहल ?
मुस्ताङमा किन बढ्यो आन्तरिक पर्यटकको चहलहल ?
सौरभ गांगुली बीसीसीआईका अध्यक्ष
सौरभ गांगुली बीसीसीआईका अध्यक्ष
नख्खु विष्फोटका घाइतेमध्ये एकको मृत्यु
नख्खु विष्फोटका घाइतेमध्ये एकको मृत्यु
शिक्षकहरुको आन्दोलन आज पनि जारी
शिक्षकहरुको आन्दोलन आज पनि जारी
राेचक समाचार : साउदी राजकुमारले किम कार्दशियनलाई एक रातकालागि ७ करोडकाे गरेका थिए अफर
राेचक समाचार : साउदी राजकुमारले किम कार्दशियनलाई एक रातकालागि ७ करोडकाे गरेका थिए अफर
सम्झौता भएकाे २२ वर्षपछि मात्र नहर निर्माणमा भारत  अग्रसर !
सम्झौता भएकाे २२ वर्षपछि मात्र नहर निर्माणमा भारत अग्रसर !
नयाँ बन्ने सरकारले गरेका सबै निर्णय सही, जाँदै गरेको सरकारले गर्ने सबै निर्णय गलत हुँदैन : प्रवक्ता शर्मा
नयाँ बन्ने सरकारले गरेका सबै निर्णय सही, जाँदै गरेको सरकारले गर्ने सबै निर्णय गलत हुँदैन : प्रवक्ता शर्मा
ओली अप्ठ्यारोमा, सत्ता ढाल्न बन्दै यस्तो रणनीति
समृद्धिको संकल्प पूरा गर्न सहमति र सहकार्य आवश्यक : प्रचण्ड
समृद्धिको संकल्प पूरा गर्न सहमति र सहकार्य आवश्यक : प्रचण्ड
हिजो पक्राउ परेका सप्तरीका देवनारायण र उहाँका छोरालाई भारतमा अपहरण मुद्दा
हिजो पक्राउ परेका सप्तरीका देवनारायण र उहाँका छोरालाई भारतमा अपहरण मुद्दा

तपाईंले छुटाउनुभयो कि?