गरिबलाई धनि बनाउनु सहकारीको उदेश्य भए पनि सो अनुसार काम हुन सकेकाे छैन् : शिवराज सुवेदी

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र १६, २०७५
|
|
५५ पटक हेरिएको
Shares
गरिबलाई धनि बनाउनु सहकारीको उदेश्य भए पनि सो अनुसार काम हुन सकेकाे छैन् : शिवराज सुवेदी

सारांश

  • बुटवल, १६ भदाै ।
  • शुभागमन बचत तथा ऋण सहकारी संस्था बुटवलको सातौ साधारण शभा सम्पन्न भएको छ।
  • संस्थाका अध्यक्ष शालिकराम पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा बुटवल उपमहानगरापलिका प्रमुख शिवराज सुवेदीको प्रमुख आतिथ्यता रहेको थियो ।

बुटवल, १६ भदाै । शुभागमन बचत तथा ऋण सहकारी संस्था बुटवलको सातौ साधारण शभा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष शालिकराम पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा बुटवल उपमहानगरापलिका प्रमुख शिवराज सुवेदीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै नगरप्रमुख सुवेदीले सहकारीको उदेश्य अनुसार काम गर्नुपर्ने बताए । गरिबलाई धनि बनाउनु सहकारीको उदेश्य भए पनि सो अनुसार काम हुन नसकेको भन्दै सुवेदीले सहकारीको कार्यसैलिमा परिर्वतनको खाचोँ रहेको बताए । वडानम्वर ११ का वडाध्यक्ष रामचन्द्र क्षत्रीले  एक व्यक्ति एक सहकारीको मान्यतालाई कार्यान्वयन गर्नुपर्ने बताए । सेयर सदस्यको आर्थिक कृयाकलापलाई सहकारीले पूर्णरुपमा जिम्वेवारी बहन गर्नुपर्ने उनको भनाई थियो । बार्षिक प्रतिवेदन पेश गदै सहकारीका अध्यक्ष सालिकराम पौडेलले सदस्यको संख्या बृद्धि गदै सहकारीको पूजि बृद्धि गर्ने तर्फ ध्यान दिईने बताए ।

सहकारीमा अहिले ५ सय १८ सेयर सदस्य रहेको उनले जनकारी दिए । सहकारीमा ४५ लाख २४ हजार सेयर पुजीँ, ३ करोड ७५ लाख निक्षेप र ३ कारोड ९५ लाख ऋण लागानि रहेको कोषाध्यक्ष कुल प्रसाद बस्यालले  सभालाई जानकारी गराए । सहकारीले बचतमा १० प्रतिशत र ऋणमा १३ प्रतिशतको व्याजदर कायम गरेको छ । लेखा समिति संयोजक राजेन्द्र लम्सालले आन्तरिक लेखा परिक्षणको प्रतिवेदन पेश गरेका थिए । सहकारीका उपाध्यक्ष हरि प्रसाद पौडेलको स्वागत, सचिव बिष्णुकुमारी घिमिरेको संचालनमा कार्यक्रम भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

१९ वर्षमुनिको विश्वकप तयारी : भारतको फ्रेन्डस् स्पोर्टसलाई नेपालले १२१ रनले हरायो
१९ वर्षमुनिको विश्वकप तयारी : भारतको फ्रेन्डस् स्पोर्टसलाई नेपालले १२१ रनले हरायो
मध्यरातमा खोलाले जीप बगायो, चार जना बेपत्ता
मध्यरातमा खोलाले जीप बगायो, चार जना बेपत्ता
निर्वाचनको समाचार संकलन कार्य सहज हुनुपर्ने – महासचिव विष्ट
निर्वाचनको समाचार संकलन कार्य सहज हुनुपर्ने – महासचिव विष्ट
महानिर्देशक र जि.स.स. भक्तपुर प्रमुख घर जोगाउन सडक मापदण्ड घटाइयो
महानिर्देशक र जि.स.स. भक्तपुर प्रमुख घर जोगाउन सडक मापदण्ड घटाइयो
मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु
बाढीका कारण जापानमा मृत्यु हुनेको संख्या ५८ पुग्यो
बाढीका कारण जापानमा मृत्यु हुनेको संख्या ५८ पुग्यो
मकवानपुरमा निर्वाचनका लागि तीन हजार २०० सुरक्षाकर्मी परिचालन
मकवानपुरमा निर्वाचनका लागि तीन हजार २०० सुरक्षाकर्मी परिचालन
नेकपाका कमरेडहरुलाई दुई तिहाई बहुमत नपचेको बाबुरामको टिप्पणी, संघीय लोकतान्त्रिक गणतन्त्र नगुमोस्!’
नेकपाका कमरेडहरुलाई दुई तिहाई बहुमत नपचेको बाबुरामको टिप्पणी, संघीय लोकतान्त्रिक गणतन्त्र नगुमोस्!’
सिन्डिकेट हटाउन लागिपरेका भट्टराईलाई मन्त्रीले सरुवा गरेपछि…
सिन्डिकेट हटाउन लागिपरेका भट्टराईलाई मन्त्रीले सरुवा गरेपछि…
चितुवाको आक्रमणबाट बालकको मृत्यु
चितुवाको आक्रमणबाट बालकको मृत्यु