निर्मला पन्तको हत्या प्रकरण: छानबिन समितिकाे सदस्यमाथि अाक्रमण !

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन १५, २०७५
|
|
२३ पटक हेरिएको
Shares
निर्मला पन्तको हत्या प्रकरण: छानबिन समितिकाे सदस्यमाथि अाक्रमण !

सारांश

  • धनगढी, १५ असाेज ।
  • कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यापछि छानबिन गर्न गठित उच्चस्तरीय समितिका एक सदस्य बिरेन्द्र केसीको टाउको आन्दोलनको आक्रमणमा परी फुटेको छ ।

धनगढी, १५ असाेज । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यापछि छानबिन गर्न गठित उच्चस्तरीय समितिका एक सदस्य बिरेन्द्र केसीको टाउको आन्दोलनको आक्रमणमा परी फुटेको छ । । धनगढीबाट सदरमुकाम सार्ने निर्णयको विरोध गर्दै अनिश्चितकालिन बन्द आह्वान गरेका आन्दोलनकारीले छानविन समितिका सदस्य केसी सवार गाडीमा आक्रमण गर्दा टाउकोमा चोट लागेको छ ।

गृहमन्त्री रामबहादुर थापालाई प्रतिवेदन बुझाएर आइतवार धनगढी फर्कदै गरेका प्रदेश ७ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव वीरेन्द्र केसीमाथि धनगढीमै आक्रमण भएको हो । छानविन समितीका सदस्य केसी सवार बा१झ९७०३ नम्बरको सरकारी गाडीमाथि धनगढी–अत्तरिया सडकखण्डमा आक्रमण भएको प्रहरीले जनाएको छ । आक्रमणमा केसी सवार गाडीको सिसा फुटेकोछ । प्रहरीले धनगढीमा राजधानी सार्ने निर्णयका विरुद्धमा भएको आन्दोलनकारीले सदस्य केसी सवार गाडीमाथि आक्रमण गरेको दावी गरेको छ ।

मोटरसाइकलमा सवार युवाहरुमध्ये एकजनाले पछाडिबाट ढुंगा हानेपछि गाडीको शिशा फुटेर मेरो टाउकोमा पनि लाग्यो’, केसीले भने, ‘टाउकोमा सामान्य चोट लागेको छ, टोपी लगाएकाले गहिरो चोट लाग्न पाएन ।’  यसअघि नै आफ्नो हत्या हुनसक्ने भन्दै पत्रकार सम्मेलन गरेका छानविन समितिका सदस्य केसीको टाउको फुटेको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

(mundonow.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?